PahiloPost

Apr 28, 2024 | १६ बैशाख २०८१

२०७२ : सुन किनबेचमा नकारात्मक वर्ष



२०७२ : सुन किनबेचमा नकारात्मक वर्ष
फोटो : www.goldcitymall.com

काठमाडौं : भूकम्प र नाकाबन्दीले २०७२ साल सुनको कारोबार निराशाजनक भएको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार गत वर्ष सुनको कारोबारमा ५० प्रतिशतले घट्यो।
 
महासंघका पूर्वाध्यक्ष तेजरत्न शाक्यका अनुसार  भूकम्प र नाकाबन्दीले सुनको कारोबारमा ५० प्रतिशतले ह्रास आएको हो। भुकम्पका कारण तीन महिना सम्म सुन दैनिक दश किलो पनि कारोबार हुन नसकेको उनले बताए। ‘मानिसलाई न्युनतम आवश्यकता पनि पुर्‍याउन मुस्किल परेको थियो,’ उनले भने, ’जसको प्रभाव सुनको बजारमा देखापरेको थियो।‘ असोजमा भारतको अघोषित नाकाबन्दी र तराई मधेसको आन्दोलनका कारण सुन बजार सिथिल बन्न पुग्यो। संविधान जारी भए पनि सुन बजारमा उत्‍साह थपिने अनुमान थियो तर आन्दोलन र नाकाबन्दीले नकारात्मक असर पार्‍यो।

यसको असर बिस्तारै सुनप्रतिको उत्साह हराउन लाग्यो र मानिसहरु सेयर बजारमा लगानी गर्न उन्मुख भए।
 
तर, अन्तर्राष्ट्रिय बजारमा सुनमा उतारचढाव आउन लागेपछि सुनचाँदीको आकर्षण यतिखेर बढेको छ। अन्तर्राष्ट्रिय बजार यो वर्ष सुनको भाउ घटेर प्रति औंश एक हजार ५१ अमेरिकी डलर पुगेको सुनको भाउ अहिले एक हजार दुई ५५ सम्म पुगेको छ। वर्षको सुरुवातमा तोलाको ६३ हजार रुपैयाँसम्म पुगेको सुनको भाउ ४४ हजार सम्ममा गिरावट आएपछि सुनप्रतिको आकर्षण बढेको शाक्यले बताए। उनले भने, ‘अन्तराष्ट्रिय बजारमा भएको उतारचढावले सुनको भाउमा मंसिरपछि करिब सात हजार रुपैयाँले वृद्धि भएको छ।‘
 
मंसिर र माघ महिनामा पहेलो धातुको सिजन अर्थात् बिहे तथा व्रतबन्ध पर्ने भएकाले सुनको बजारमा सुधार ल्याउन थप सहयोग पुगेको उनले बताए। फागुन र चैत महिना खासै सुनको माग बढ्ने नभएका कारण हाल बजारमा सुनको माग दैनिक दस किलो मात्र छ। तर नयाँ वर्षसँगै बजारमा सुधार आएमा सुनको माग ३५ किलोसम्म पुग्ने महासंघको अनुमान छ। 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell