भक्तपुर : ३५ वर्षीय जुजुभाइ बाँस श्रेष्ठले आज बोडेमा आठौँ पटक जिब्रो छेडेका छन्। बिस्केट जात्रामा मनाइने बोडेको प्रसिद्ध जिब्रो छेड्ने जात्रामा उनले २०६६ सालदेखि जिब्राे छेड्दै अाएका छन्।
चैत मसान्तका दिन बोडे महालक्ष्मी मन्दिर प्रांगणमा लिंगाे उठाइएपछि जिब्रो छेड्ने व्यक्तिले निराहार व्रत बस्नुपर्ने हुन्छ । थिमि बोडे–१ का वर्षीय जुजुभाइ ललितकलाका विद्यार्थी पनि हुन्। एक महिनाअघि तेलमा डुबाइराखेको एक बित्ता अर्थात् १० इन्च लामो सियाले देवगणको पूजा–प्रार्थना गरी उनकाे जिब्रो छेडिएको थियो।
जिब्राेको घाउमा महालक्ष्मी मन्दिरको माटो झिकेर लगाएपछि मात्र जिब्रो छेड्ने व्यक्तिले खानेकुरा खाने प्रचलन छ । त्यसअघि नाट्येश्वरको पूजा गर्नुपर्छ।
किंवदन्ती अनुसार प्राचीनकालमा बोडेमा नीलवराहीको दायाँबायाँ बस्ने ख्याक (बउचा) ले बोडेका मानिसलाई धेरै दुःख दिन्थ्याे। यो थाहा पाई तान्त्रिक भीमदत्त कर्माचार्यले त्यहाँ आएर तान्त्रिक विद्यानुसार बोडेभरि पासो राखिदिए । त्यसपछि उनले एक महिना कसैलाई खेतमा काम गर्न नजान अनुरोध गरेपछि सो ख्याक बोडेभित्र पस्न खोज्यो । बोडेमा रहेको चार दिशाका प्रवेशद्वारमध्ये पश्चिमतर्फको ढोकाबाट पस्न खोज्ने ख्याक तान्त्रिक भीमदत्तको पासोमा पर्यो । कर्माचार्यले लामो कपाल, लामो जिब्रो, डरलाग्दो पिशाच नीलवराहीको दाहिने पाले भएको थाहा पाएपछि उसको कपाल काटे, लुगा फुकाले र लामो सियो जबर्जस्ती जिब्रोमा घुसारी भाग्न नपाओस् भनी घुँघरु बाँधिदिए । कष्ट सहन नसकी पिशाचले आफूलाई छाडिदिए जुनसुकै वाचा गर्ने बताएपछि कर्माचार्यले अब उपरान्त बोडेमा दुःख नदिने, रोग, अनिकाल, अनावृष्टि, अतिवृष्टि, महाभूकम्प हुन नदिने, धर्मको चेष्टा बढाउने र बोडेवासीले भनेझैँ सात वर्षसम्म सोही दिन जिब्रो छेड्न आउनुपर्ने वाचा गराई छाडिदिएको किंवदन्ती छ ।
वाचानुरूप सात पटकसम्म पिशाचको जिब्रो छेडियो र त्यसपछि ऊ नआउने भएपछि कर्माचार्यले सोहीअनुरूप बोडेवासीबाटै जिब्रो छेड्ने परम्परा बसालेको किंवदन्ती छ । रासस
चैत मसान्तका दिन बोडे महालक्ष्मी मन्दिर प्रांगणमा लिंगाे उठाइएपछि जिब्रो छेड्ने व्यक्तिले निराहार व्रत बस्नुपर्ने हुन्छ । थिमि बोडे–१ का वर्षीय जुजुभाइ ललितकलाका विद्यार्थी पनि हुन्। एक महिनाअघि तेलमा डुबाइराखेको एक बित्ता अर्थात् १० इन्च लामो सियाले देवगणको पूजा–प्रार्थना गरी उनकाे जिब्रो छेडिएको थियो।
जिब्राेको घाउमा महालक्ष्मी मन्दिरको माटो झिकेर लगाएपछि मात्र जिब्रो छेड्ने व्यक्तिले खानेकुरा खाने प्रचलन छ । त्यसअघि नाट्येश्वरको पूजा गर्नुपर्छ।
किंवदन्ती
किंवदन्ती अनुसार प्राचीनकालमा बोडेमा नीलवराहीको दायाँबायाँ बस्ने ख्याक (बउचा) ले बोडेका मानिसलाई धेरै दुःख दिन्थ्याे। यो थाहा पाई तान्त्रिक भीमदत्त कर्माचार्यले त्यहाँ आएर तान्त्रिक विद्यानुसार बोडेभरि पासो राखिदिए । त्यसपछि उनले एक महिना कसैलाई खेतमा काम गर्न नजान अनुरोध गरेपछि सो ख्याक बोडेभित्र पस्न खोज्यो । बोडेमा रहेको चार दिशाका प्रवेशद्वारमध्ये पश्चिमतर्फको ढोकाबाट पस्न खोज्ने ख्याक तान्त्रिक भीमदत्तको पासोमा पर्यो । कर्माचार्यले लामो कपाल, लामो जिब्रो, डरलाग्दो पिशाच नीलवराहीको दाहिने पाले भएको थाहा पाएपछि उसको कपाल काटे, लुगा फुकाले र लामो सियो जबर्जस्ती जिब्रोमा घुसारी भाग्न नपाओस् भनी घुँघरु बाँधिदिए । कष्ट सहन नसकी पिशाचले आफूलाई छाडिदिए जुनसुकै वाचा गर्ने बताएपछि कर्माचार्यले अब उपरान्त बोडेमा दुःख नदिने, रोग, अनिकाल, अनावृष्टि, अतिवृष्टि, महाभूकम्प हुन नदिने, धर्मको चेष्टा बढाउने र बोडेवासीले भनेझैँ सात वर्षसम्म सोही दिन जिब्रो छेड्न आउनुपर्ने वाचा गराई छाडिदिएको किंवदन्ती छ ।वाचानुरूप सात पटकसम्म पिशाचको जिब्रो छेडियो र त्यसपछि ऊ नआउने भएपछि कर्माचार्यले सोहीअनुरूप बोडेवासीबाटै जिब्रो छेड्ने परम्परा बसालेको किंवदन्ती छ । रासस