PahiloPost

May 5, 2024 | २३ बैशाख २०८१

बिग्रेका फोन र कम्प्युटरबाट एप्पलले निकाल्यो ४ अर्बको सुन



बिग्रेका फोन र कम्प्युटरबाट एप्पलले निकाल्यो ४ अर्बको सुन

काठमाडौं : बिग्रिएका फोन तथा कम्प्युटर तपाईँ के गर्नुहुन्छ? सायद काम नलाग्ने भनेर फाल्दिनुहुन्छ वा कवाडीमा बेच्दिनुहुन्छ।

तर आइफोनको निर्माता कम्पनी एप्पलले प्रयोगविहीन भएका फोन तथा कम्प्युटरबाट ४० मिलियन डलर अर्थात करिब ४ अर्ब रुपैयाँ बराबारको सुन निकालेको छ। पुराना कम्प्युटर र फोनको रिसाइक्लिङ कारोबारबाट एप्पललाई ठूलो फाइदा भएको हो।

एप्पलले बिहीबार जारी गरेको वार्षिक वातावरणीय प्रतिवेदनमा कसरी उसले पुराना कम्प्युटर र फोनबाट फाइदा लिइयो भन्ने जानकारी दिइएको छ।

कम्पनीले इलेक्ट्रोनिक फोहोरबाट करिब ९ अर्ब रुपैयाँ बराबरको स्टिल, आल्मुनियम, ग्यास र अन्य सामग्री निकालेको छ।

तपाईँलाई जिज्ञासा लाग्यो होला कि फोहोरबाट यत्रो सुन कसरी निस्कियो? इलेक्ट्रोनिक्स सप्लाइ चेनमा कार्यरत समूह फेयरफोनका अनुसार एक स्मार्ट फोनमा औषत ३० मिलिग्राम सुन हुन्छ। फोनको सर्किट बोर्ड र आनतरिक कम्पोनेन्टमा सुन हुने समाचारमा जनाइएको छ।  

एप्पल यस्ता लाखौँ आइफोन र कम्प्युटरको रिसाइक्लिङ गर्छ, जसमा सुन हुन्छ। अब तपाईँ पनि बिग्रिएका फोन, कम्प्युटर, घडी आदि फाल्नु वा कवाडीमा बेच्नुअघि एकपटक सोच्ने कि?



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell