PahiloPost

May 5, 2024 | २३ बैशाख २०८१

ट्विटरले पेरिस्कोपमा थप्यो नयाँ फिचर्स, बलात्कारको भिडियो लाइभ गरेको आरोपमा महिला पक्राउ



ट्विटरले पेरिस्कोपमा थप्यो नयाँ फिचर्स, बलात्कारको भिडियो लाइभ गरेको आरोपमा महिला पक्राउ

ट्विटरले भिडियो लाइभ स्ट्रिमिङ गर्ने पेरिस्कोपमा नयाँ सुविधा थपेको छ। हाललाई तीन फरक कलरमा स्केच इन गर्न सकिने यो सुविधा परीक्षणका रुपमा सुरु गरिएको हो। 

लाइभ स्ट्रिमिङका क्रममा कुनै व्यक्ति वा वस्तुलाई हाइलाइट गरी देखाउन यो फिचर उपयोगी हुने ट्विटरले बताएको छ।  

गत वर्ष मार्चमा ट्विटरले पेरिस्कोपलाई करिब ८६ अर्ब रुपैयाँमा किनेको थियो। 

केही समयअगाडिमात्र फेसबुकले लाइभ स्ट्रिमिङ सेवा सुरु गरेको थियो। फेसबुकले सेड्युल्ड इभेन्टमा सावाल जवाफ नै गर्न सक्ने गरी यो सुविधा ल्याएको थियो।

अहिलेसम्म विश्वभरिमा एक अर्बभन्दा धेरै मानिसहरुले यो एपमार्फत आफूसँग सम्बन्धित भिडियो लाइभ स्ट्रिम गरेका छन्।

बेलायतमा एक महिलालाई कारबाही

बिहीबार बेलायतमा एक टिनएज पुरुषले बलात्कार गरिरहेको भिडियो लाइभ गरेको आरोपमा  एक महिलालाई प्रहरीले पक्राउ गरेको छ। 
करिब एक महिना अगाडि भएको सो घटनाको व्यापक अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ भने ती महिलाका वकिलले भने त्यस आरोपको खण्डन गरिरहेका छन्।

संसारभरी लाइभ स्ट्रिमिङको ट्रेण्ड बढिरहेका बेला यस्तो घटना भइरहेने भन्दै बेलायतका अधिकारीहरुले भने यो घटनालाई गम्भिर रुपमा हेर्न आग्रह गरेका छौ।

​प्रहरीले भने ती किशोरीले आफ्नो व्याइफ्रेण्डसंग सेक्स गरेको र उक्त महिलाले अनावश्यक रुपमा लाइभ स्ट्रिमिङ गरेका कारण सजाय दिइने बताएको छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell