PahiloPost

Apr 28, 2024 | १६ बैशाख २०८१

गोरखामा भूकम्पपछि पुनःनिर्माणमा सघाउन आएका विदेशी जोडीको हिन्दू परम्परा अनुसार बिहे



गोरखामा भूकम्पपछि पुनःनिर्माणमा सघाउन आएका विदेशी जोडीको हिन्दू परम्परा अनुसार बिहे

गोरखा : भूकम्पले ध्वस्त गोरखाको बुङ्कोटस्थित रामेश्वरी माध्यामिक विद्यालय पुनःनिर्माणमा सघाउँदै आएका एक अमेरिकी नागरिकले नेपाली परम्परा (हिन्दू संस्कार) अनुसार विवाह गरेका छन्। 

अमेरिकास्थित क्यालिफोर्निया राज्यका ५५ वर्षीय डानियल र ४९ वर्षीया लीलाबीच विवाह भएको हो। डानियल क्रिश्चियन धर्म मान्छन् भने लीला हिन्दू धर्मावलम्वी हुन्।

गाउँलेहरु दुलही पक्ष र दुलाहा पक्षमा विभाजित हुँदै जन्ती आएका थिए। स्थानीय बाबुराम वाग्लेको घरबाट दुलाहा, दुलही बाजागाजासहित मन्दिर पुगेका हुन्।

पुरोहितले भनेअनुसार उनीहरु विवाह मण्डपमा बसे र शास्त्रअनुसार विवाह बन्धनमा बाँधिए। बुङ्कोट–९ मैलुङस्थित सरस्वती मन्दिर परिसरमा आजै ध्वजा, पटका टाँगिएको जग्गेमा उनीहरु विवाह बन्धनमा बाँधिएका हुन्।
 
विवाहमा ५०० जनाभन्दा बढी गाउँले भेला भएका थिए । भोजभतेरको पनि व्यवस्था गरिएको थियो । विदेशीले नेपाली परम्पराअनुसार विवाह गर्न जुटेपछि हेर्नेको घुइँचो लागेको थियो । 

विवाहको चाँजोपाँजो गर्ने व्यवस्था शिवशक्ति भजन समूहले मिलाएको हो । पुनःनिर्माणमा सघाउँदै आएको पार्मोनियर फाउन्डेसन नेपालका गौतम वाग्ले र चेत भट्टको संयोजनमा उनीहरुको विवाह सम्भव भएको हो । 

वाग्लेका अनुसार डानियल र लीलाले यसअघि नै ‘लभ’ गरेर विवाह गरे पनि लीलाको आग्रहमा हिन्दू धर्म, परम्पराअनुसार पुनःविवाह गरिएको हो । लीला भारतीयमूलकी मलेसियन नागरिक हुन्। रासस 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell