PahiloPost

May 5, 2024 | २३ बैशाख २०८१

स्मार्ट फोनको ब्याट्री बचाउन १० टिप्स



स्मार्ट फोनको ब्याट्री बचाउन १० टिप्स
फोटो : hype.my

डेटाबाट वेब ब्राउजिङ र म्युजिक स्ट्रिमिङपछि तपाईँले आफ्नो मोबाइल फोनको व्याट्री ह्वात्तै डिर्चार्ज्ड भएको पाउनुहुन्छ। यसले जरुरी परेको समयमा तपाईँलाई नराम्ररी अप्ठ्यारोमा पनि पार्न सक्छ।
 
ब्याट्रीको आयु लामो समयसम्म टिकाउनका लागि यहाँ १० टिप्सहरु दिइएका छन् जसले मोबाइल अपर्झट बन्द हुने समस्यालाई केही हदसम्म रोक्न सक्छ। चार्ज गर्ने ठाउँ नपाउन्जेलका लागि यी टिप्स महत्वपूर्ण हुनसक्छन्।
 

  1. ब्लुतुथ अफ गर्नुस् : वायरलेस हेडफोन अथवा स्पिकर बजाउनका लागि हामीले चलाउने ब्लुतुथले थोरै नै भए पनि ब्याट्री तानिरहेको हुन्छ। त्यसैले सेटिङमा जानुस् र ब्लुतुथ अफ गर्नुस्।
  2. फ्ल्यास रोक्नुस : फोटो खिच्नु छ भने फ्ल्यासको प्रयोग नगर्नुस्। यसले केही मात्रामै भए पनि ब्याट्री सकिनबाट रोक्छ।
  3. लाइभ फोटो वा डायनामिक वालपेपरलाई बन्द गर्नुस् : तपाईँले पत्तो नपाइकन यसले ब्याट्री सिध्याइरहेको हुन्छ। कुनै पनि अपरेटिङ सिस्टममा फोनलाई आकर्षक देखाउन यस्ता चलायमान कन्टेन्टहरु राखिएका हुन्छन्। त्यसैले स्टिल फोटालाई मात्र वालपेपरमा राख्नुस्।
  4. पुस नोटिफिकेसन रोक्नुस : तपाईँले चलाउने इन्स्ट्राग्राम, ट्विटर, फेसबुक वा अन्य कुनै नोटिफिकेसनले मोबाइल ब्याट्री सिध्याउन भूमिका खेलिरहेको हुन्छ। सबै नोटिफिकेसन तपाईँका लागि आवश्यक नभएको पनि हुनसक्छ। त्यसलाई नियन्त्रणमा लिनुस्।
  5. लाइट घटाउनुस् : तपाईँको मोबाइलको स्क्रिनको ब्राइटनेसले पनि धेरै ब्याट्री खपत गर्छ। अटो ब्राइटनेसलाई अपरेटिङ सिस्टमहरुले अफ गरेका हुनसक्छन्। अर्को महत्वपूर्ण कुरा लामो समयसम्म चार्जमा राखिरहनुपर्‍यो भने तपाईँको ब्याट्रीको आयु कमजोर भयो भन्ने हेक्का राख्नुस्।
  6. बाइबाइ वाइफाई : मोबाइलमा रहेको एन्टेना ब्याट्री खपत गर्नेमध्येको एक हो। नजिकै रहेको सेलुलर र वाइफाइलाई त्यो एन्टेनाले सर्च गरिरहेको हुन्छ। सर्च गरिरहनुको अर्थ हो ब्याट्रीको निरन्तर प्रयोग भइरहनु।
  7. पावर ब्याक अप लिनुस् : यति हुँदा हुँदै पनि तपाईँको ब्याट्रीले भ्याउँदैन भने पावर ब्याक अप आफूसँगै राख्नुस्। कतिपय फोनमा दोब्बर क्षमताको व्याट्रीको पनि प्रयोग गर्न सकिन्छ।
  8. इमेल पुस घटाउनुस् : पुस नोटिफिकेसनजस्तै इमेल पुसले पनि ब्याट्री स्वात्तै तानिरहेको हुन्छ। यसले तीब्र गतिमा ब्याट्रीमा रहेको चार्जलाई रित्याउन सक्छ।
  9. ब्याकग्राउन्ड रिफ्रेसिङ हटाउनुस् : जब तपाईँ वाइफाइ वा डेटा अन गर्नुहुन्छ मोबाइलमा रहेका एप्लिकेसन रिफ्रेस हुन थाल्छन्। यसलाई रोक्नुभयो भने पनि केही हदसम्म ब्याट्री बचाउन सकिन्छ।
  10. एरोप्लेन मोडमा जानुस् : एरोप्लेन मोडमा जाँदा तपाईँले कुनै पनि कल वा म्यासेज रिसिभ गर्न सक्नुहुन्न। यसले ब्याट्री जोगाउँछ। र, तपाईँको आपतमा मोबाइलको प्रयोग गर्न सक्नुहुन्छ। यो मोडमा गइसकेपछि वाइफाइ समेत सर्च गर्दैन मोबाइलले। यही मोडमा राखेर चार्ज गर्नुभयो भने छिटै मोबाइलको ब्याट्री रिचार्ज हुनसक्छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell