PahiloPost

May 5, 2024 | २३ बैशाख २०८१

म्यासेन्जरमा हुनसक्छ सेक्रेट म्यासेज, भेट्टाउनुस् यसरी



म्यासेन्जरमा हुनसक्छ सेक्रेट म्यासेज, भेट्टाउनुस् यसरी

फेसबुक म्यासेन्जरले स्टोरेजका लागि सेक्रेट फोल्डरको व्यवस्था गरेको छ जुन तपाईँले थाहा नपाएको हुनसक्छ।

सेक्रेट फोल्डरमा रहेका कतिपय म्यासेजहरु तपाईँका लागि धेरै महत्वपूर्ण हुनसक्छ। एकजना फेसबुक प्रयोगकर्ता ड्यानिअल इमरेले आफ्नो नजिकको साथी मरेको सूचना यही सेक्रेट फोल्डर हेरेपछिमात्र थाहा पाउँदा चकित बनेका थिए।

फेसबुक फ्रेन्ड नहुँदा पनि कतिपयले तपाईँले म्यासेज पठाइरहेका हुन्छन्। ती सबै म्यासेजको अलर्ट थाहा नहुन पनि सक्छ। अझ नन फेसबुक फ्रेन्डबाट आएका धेरै म्यासेजको त नोटिफिकेसन पनि देखिन्न।

यदि फेसबुकले कुनै म्यासेज स्पाम ठान्यो भने त्यसलाई लुकाइदिन्छ

कसरी भेट्ने त सेक्रेट फोल्डर?

  1. फेसबुक म्यासेन्जर खोल्नुस्
  2. दायाँ कुनाको सेटिङमा जानुस्
  3. त्यसको पिपुल अप्सनमा जानुस्
  4. त्यसपछि म्यासेज रिक्वेस्टमा जानुस्
  5. सी फिल्टर्ड रिक्वेस्ट अप्सनमा जानुस
  6. र, यहाँ भेटिनेछ फेसबुक म्यासेन्जरमा नपढिएका म्यासेजहरु
  7. नपढेका म्यासेज पढेर रमाउनुस्



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell