PahiloPost

May 3, 2024 | २१ बैशाख २०८१

​भूकम्पले क्षतिग्रस्त विद्यालयलाई नाइजेरियाबाट १५ लाख सहयोग



काठमाडौं : नाइजेरियामा रहेका गैर आवासीय नेपालीहरुले भूकम्पका कारण क्षतिग्रस्त रसुवाको एक विद्यालयलाई १५ लाख रुपैयाँ सहयोग गरेको छ।

गैर आवासीय नेपाली संघ (एनआरएन) राष्ट्रिय समन्वय परिषद नाइजेरियाले रसुवा राम्चेको सेती भूमि माविलाई १५ लाख रुपैयाँ सहयोग गरेको हो। आइतबार गैर आवासीय नेपाली संघको सचिवालयमा भएको कार्यक्रममा एनआरएन अन्तर्राष्ट्रिय समन्वय परिषदका कोषाध्यक्ष हिक्मत थापाले रसुवाका सांसद जनार्दन ढकाललाई हस्तान्तरण गरेका छन्।

त्यस्तै एनआरएन नाइजेरियाले नेपाल प्रोजेक्ट २०१६ अन्तर्गत धरानको सत्य साई विद्यालयलाई ९ लाख १ हजार रुपैयाँ सहयोग गरेको छ। सो सहयोग रकम एनआरएन अन्तर्राष्ट्रिय समन्वय परिषदका कोषाध्यक्ष थापाले सुनसरीका सांसद मीन विश्वकर्मालाई हस्तान्तरण गरेका छन्। 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell