PahiloPost

May 6, 2024 | २४ बैशाख २०८१

​एप्पलले ल्यायो नयाँ म्याकबुक, के छ विशेषता?

​एप्पलले ल्यायो नयाँ म्याकबुक, के छ विशेषता?


एप्पलले आफ्नो १२ इञ्चको पातलो म्याकबुकको नयाँ अपडेट सार्वजनिक गरेको छ। नयाँ म्याकबुक पहिलेको भन्दा छिटो हुने कम्पनीको दावी छ। 

नयाँ म्याकबुकमा ग्राफिक्स पर्फमेन्स सुधारिएको हुने, फ्लास स्टोरेज तीव्र गतिको हुने मात्र हैन ब्याट्री पनि पहिलेको भन्दा एक घण्टा
बढी टिक्ने एप्पलले जनाएको छ। डिजाइनमा भने यसमा खासै केही परिवर्तन गरिएको छैन। अर्थात् यो एप्पलका ल्यापटपहरुमध्ये सबैभन्दा पातलो र सबैभन्दा हलुको नै हुनेछ। 

देखिने परिवर्तन भने रङमा भएको छ। अब म्याकबुक रोज गोल्ड वा पिङ्क कलरमा पनि पाइनेछ। यसअघि यो नर्मल गोल्ड, स्पेस ग्रे वा सिल्भर फिनिसमा पाइन्थ्यो। 

एप्पलले १२ इञ्चको म्याकबुक गत वर्ष रिलिज गरेको थियो। यो नयाँ म्याकबुक भने पुरानो म्याकबुक एयर र ठूलो म्याकबुक प्रोको बीचको उत्पादन हुनेछ। 

कम्पनीले नयाँ ल्यापटप जुन महिनामा हुने वर्ल्डवाइड डेभलपर्स कन्फ्रेन्समा गर्ने ठानिएको थियो। तर कन्फ्रेन्स सुरु हुने मिति घोषणा भए लगत्तै यो घोषणा आएको हो। 

हेर्नुस् द भर्ज म्यागेजिनबाट साभार गरिएका म्याकबुकका फोटो


ट्रेन्डिङ पोस्ट

Ncell