PahiloPost

May 6, 2024 | २४ बैशाख २०८१

​भाइबरमा पठाएको मेसेज इन्क्रिप्टेड, तेस्रो पक्षले हेर्न नसक्ने, च्याट लुकाउने थप सुविधा पनि



​भाइबरमा पठाएको मेसेज इन्क्रिप्टेड, तेस्रो पक्षले हेर्न नसक्ने, च्याट लुकाउने थप सुविधा पनि

प्राइभेसीको चासो बढ्दै गएपछि लोकप्रिय एप भाइबरले पनि ह्वाट्सएप र एप्पलले झैँ 'इन्ड टु इन्ड' इन्क्रिप्सन लागू गरेको छ। कुनै पनि प्रयोगकर्ताले आफ्नो नेटवर्कमा अरु कुनै प्रयोगकर्ता वा ग्रुपसँग गरेको सबै कुराकानीलाई भाइबरले इन्क्रिप्सन गरेको हो। 

यो गरेपछि कुनै पनि तेस्रो पक्षले प्रयोगकर्ताले पठाएको वा पाएको मेसेज पढ्न सक्दैन चाहे त्यो सरकार होस् वा भाइबर कम्पनी आफै। प्रयोगकर्ताले पठाएको मेसेज, फोटो, भिडियो वा भ्वाइस उसको डिभाइसबाट निस्कने बित्तिकै इन्क्रिप्टेड हुनेछ भने त्यसलाई डिकोड गर्न पाउने व्यक्तिको डिभाइसले मात्र सक्नेछ। 

जापानी इकमर्स जायन्ट राकुटेनको स्वामित्वमा रहेको भाइबरले मंगलबार यसको घोषणा गरेको हो। यसका लागि तपाइँले भाइबरको पछिल्लो अपडेट इन्सटल गर्नुपर्ने हुन्छ। 

लुकिछिपी च्याट

भाइबरले प्रयोगकर्तालाई आफ्ना च्याटहरु लुकाउने सुविधा पनि दिएको छ। एउटै ट्याब्लेट धेरैले चलाउने अवस्थामा प्राइभेट र पर्सनल च्याटहरु अरुले नहेरुन् भन्नका लागि कुनै निश्चित व्यक्तिसँगको च्याटलाई मेन स्क्रिनबाटै लुकाउने सुविधा यसले दिन्छ। 

च्याट हाइड गरेपछि युजर बाहेक अरुलाई यसबारे थाहा हुँदैन। 

चार अङ्कको पिन नम्बर हालेर च्याट हाइड गरेपछि त्यसलाई हेर्न सर्च बारमा त्यही पिन नम्बर टाइप गर्नुपर्ने हुन्छ। 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell