PahiloPost

May 11, 2025 | २८ बैशाख २०८२

​युट्युबका १० तथ्य, जुन तपाईँलाई थाहा नहुन पनि सक्छ



१) युट्युबमा प्रत्येक मिनेट १०० घण्टाभन्दा बढी भिडियो अपलोड हुने गर्छ। 

२) पहिलो युट्युब भिडियो सन् २००५ को अप्रिल २३ मा अपलोड भएको थियो। सान डियगोको चिडियाखानामा सहसंस्थापक जावेद करिमले खिचेको भिडियो पहिलो पटक अपलोड भएको थियो। 


३) युट्युबमा सबैभन्दा बढी हेरिएको भिडियो गंगनम स्टाइल हो। 


४) युट्युब सार्वजनिक भएको १८ महिनामा नै गुगलले १ अर्ब ६५ करोड अमेरिकी डलरमा किनेको थियो।

५) यदि तपाईँले युट्युबमा do the harlem shake टाइप गरेर सर्च गर्नुभयो भने युट्युब आफै डान्स गर्न थाल्छ।

६) युट्युबमा सबैभन्दा बढी डिसलाइक भएको भिडियो जस्टिन बिबर*को बेबी हो। यो भिडियोमा ६० लाखभन्दा धेरै डिसलाइक भइसकेको छ।


७) युट्युबमा १० हजारभन्दा बढी सब्सक्राइबर्स छ भने लस एन्जलसमा युट्युबले निःशुल्क प्रोड्क्सन स्पेस दिन्छ। 

८) युट्युबका सबैभन्दा पपुलर १ हजार भिडियोमध्ये ६० प्रतिशत जर्मनीमा ब्लक छ। 

९) युट्युबमा सबैभन्दा पुरानो बिरालोको भिडियो सन् १८९४ को छ। 

१०) युट्युबको पुरानो हेडक्वार्टर क्यालिफोर्नियाको सान माटेओको जापानी रेस्टुरेन्ट र पिज्जेरियाको माथिल्लो तल्लामा थियो।  (स्रोत : फ्याक्टस्लाइड)



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell