PahiloPost

May 6, 2024 | २४ बैशाख २०८१

फेसबुकमा पोस्ट गरेर पैसा कमाउन सकिन्छ? आउँदैछ यस्तो सुविधा?



फेसबुकमा पोस्ट गरेर पैसा कमाउन सकिन्छ? आउँदैछ यस्तो सुविधा?

लोकप्रिय सोसल नेटवर्किङ साइट फेसबुकमा पोस्ट गरेर पैसा कमाउन सकिन्छ? द भर्ज म्यागेजिनका अनुसार फेसबुकले यस्तो सुविधा थप्ने बारे सोच्दैछ। 

फेसबुकले आफ्ना केही युजरहरुलाई सर्भे स्याम्पल पठाएर फेसबुकबाट पैसा कमाउन सकिने तरिकाबारे प्रश्न सोधेका थिए। भर्जले एक भेरिफाइड युजरको पेजमा देखिएको फारामलाई पनि राखेको छ। 

त्यसमा राखिएका विकल्पमा एउटा भर्चुअल टिप जार अप्सन पनि छ। अर्थात् तपाईँले कुनै पोस्ट फेसबुकमा राख्नुभयो र हेर्नेलाई त्यो मन पर्योल भने रेस्टुरेन्टमा जाँदा वेटरलाई टिप्स दिए जस्तै राम्रो पोस्ट गर्नेलाई पैसा दिन सकिने स्थिति पनि हुनसक्छ। 

फेसबुकमा अहिले भने यस्तो सुविधा रहेको छैन। कम्पनीले आधिकारिक रुपमा यसबारे केही नबताएका कारण यस्तो सुविधा आउन सक्ने वा नसक्ने बारे केही निश्चित रुपमा बताउन भने सक्ने स्थिति छैन। अहिलेलाई यो अनुमानमा मात्र सीमित छ। 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell