
पथरी (मोरङ) : उपप्रधानमन्त्री विजयकुमार गच्छदारले आन्दोलनको सट्टा वार्ता र संवादबाटै समाधान खोज्न मधेसवादी दललाई आग्रह गरेका छन्।
आज विराटनगरमा सञ्चारकर्मीहरुसँग संक्षिप्त कुरा गर्दै उपप्रधानमन्त्री गच्छदारले वार्ता र संवादको विकल्प नभएको भन्दै संविधान संशोधनबाट मात्र मधेसवादी दलको माग पूरा हुने स्पष्ट पारे।
फोरम (लोकतान्त्रिक) का अध्यक्षसमेत रहेका गच्छदारले संविधान कार्यान्वयन चुनौतीपूर्ण रहेकाले प्रमुख राजनीतिक दलहरुबीच सहमति र सहकार्य आवश्यक भएको बताए।
'संविधान कार्यान्वयन गर्न सरकारले सबै पक्षसँग वार्ता र संवाद जारी राखेको छ,' उनको भनाइ थियो। रासस