PahiloPost

May 3, 2024 | २१ बैशाख २०८१

भिक्ट्री लन्जमा प्रस्तुत हुँदै दीपक बज्राचार्य



भिक्ट्री लन्जमा प्रस्तुत हुँदै दीपक बज्राचार्य

काठमाडौं : २०५० को दशकमा उदाएका उम्दा गायक मध्येमा पर्छन्, दीपक बज्राचार्य। उनीसँगै चर्चामा रहेका थुप्रै गायक गायिका यो क्षेत्रबाट पलायन भइसक्दा दीपक बज्राचार्य भने निरन्तर यो क्षेत्रमा अझै उत्तिकै लोकप्रिय छन्। उनका गीत र कन्सर्ट रुचाउनेको ठूलो भिड छ।  

दीपकको लोकप्रियतालाई ध्यानमा राख्दै फेम नेपालले उनलाई दरबारमार्ग स्थित भिक्ट्री लन्जमा प्रस्तुत गर्ने भएको छ। दीपक आफ्नो व्यान्ड रिदम सहित आउँदो शनिबार भिक्ट्रीमा सुनिन लागेका हुन्।

२ सय ५० भन्दा बढी गीतका स्रष्टा दीपकले २०४५ सालमा पहिलो गीत रेकर्ड गर्दै पप संगीतमा आफ्नो उपस्थिति दर्ज गराएका थिए। त्यस यता एकसेएक हिट दिँदै आएका उनले पछिल्लो समय सिंगल ट्रयाक मार्फत् गायनलाई निरन्तरता दिँदै आएका छन्। शनिबारे साँझमा पनि दीपकले आफ्नो जीवनकालका चर्चित गीत सुनाउनेछन्। दीपकका ‘ओ अमिरा’, ‘काली काली हिस्सी परेकी, ‘पर्खेर आउँदैन’ ‘ऋतु’, ‘मायाको डोरीले’, ‘झुमी झुमी’ जस्ता गीत लोकप्रिय छन्।  


बेलुकी ७ बजे सुरु हुने कार्यक्रममा दीपक बज्राचार्य र उनको ब्याण्डले डेढ दर्जन गीत सुनाउनेछन्। कार्यक्रममा डिजे बिपिएम, डिजे बीकी कुल र डिजे रेडमसले को पनि प्रस्तुति रहनेछ। दीपक बज्राचार्यको गीत सुन्न चाहानेले १ हजार रुपैंयाको टिकट लिनु पर्ने आयोजकले जनाएको छ। कार्यक्रम बिहानको ४ बजेसम्म चल्नेछ।
 
हरेक अंग्रेजी महिनाको अन्तिम शनिबार गायक गायिकालाई कन्सर्टमा प्रस्तुत गर्दै आएको फेम नेपालमा भिक्ट्रीमा यसअघि विपुल क्षेत्री, एक्स ब्याण्ड, सविन राई आदिलाई प्रस्तुत गरिसकेको छ। फेम नेपालले वर्षभरि नै कुनै गायक, गायिका तथा व्याण्डलाई प्रस्तुत गराउने जानकारी गराएको छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell