PahiloPost

May 6, 2024 | २४ बैशाख २०८१

फेसबुकका मालिक मार्क जुकरबर्ग काठमाडौँ घुमेर फर्किए, तपाईँले थाहा पाउनुभो कहिले?



फेसबुकका मालिक मार्क जुकरबर्ग काठमाडौँ घुमेर फर्किए, तपाईँले थाहा पाउनुभो कहिले?

काठमाडौँ :फेसबुकका संस्थापक मार्क जुकरबर्गले आफू काठमाडौँ आइसकेको बताएका छन्। उनले काठमाडौँलाई 'ग्रेट सिटी' भन्दै प्रशंसा पनि गरेका छन्।

नेपाल आएर आफूले पहाडी इलाकामा बाइक राइड पनि गरेको उनले बताएका छन्। 

२४ अप्रिलमा उनले हाफ म्याराथन दौडेको फोटो राख्दै भर्खरै बर्लिन, बार्सिलोना, बेइजिङ र दिल्लीको भ्रमण गरेको स्टायटस लेखेका थिए।
 
उनको यही स्टायटसमा गिर्वाणध्वज कुँवरले म तपाईँसँग काठमाडौँमा दौड्न पर्खिरहेको छु भनेर कमेन्ट गरे। त्यसको जवाफमा मार्कले आफू काठमाडौँ आइसकेको जवाफ दिएका हुन्। मार्कको यो जवाफलाई यो समाचार तयार पार्दासम्म २१९ जनाले लाइक गरिसकेका छन्। 

​त्यसपछि धेरैले उनलाई काठमाडौँ कहिले आएको भनेर सोधे पनि मार्कले त्यसको जवाफ भने दिएका छैनन्। 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell