PahiloPost

Mar 28, 2024 | १५ चैत्र २०८०

किशोरकिशोरीलाई यौन स्वास्थ्यबारे जानकारी दिन वेबसाइट र एप



स्वेच्छा राउत

काठमाडौँ : शहरी क्षेत्रका किशोर किशोरीलाई सम्बन्ध, विवाह, परिवार नियोजन, गर्भपतन, यौन तथा प्रजनन स्वास्थ्य आदि बारे जानकारी दिन मेरी स्टोप्स नेपालले नयाँ वेबसाइटएन्ड्रोइड एप शुरु गरेको छ।

किशोरावस्थामै विवाह गर्ने चलन बढ्दो भएको र निकै कम किशोरकिशोरी (१५%) मा मात्र परिवार नियोजन बारे सही जानकारी भएको संस्थाले गरेको एक अध्ययनमा देखिएको थियो।  त्यसैले किशोरकिशोरी लक्षित यो प्रोजेक्ट सुरु गरिएको हो।

काठमाडौंको होटल अन्नपूर्णमा वेबसाइट र एप शुभारम्भ गरिएको कार्यक्रममा नेपालका लागि मेरी स्टोप्सकी कन्ट्री हेड सोफी हुडले भनिन्,'युवा जमातमा प्रविधिको प्रयोग बढ्दो छ तर व्यवहारिक ज्ञान निकै कम छ। यो एपले युवाको प्रविधि प्रयोगमा केहि सकारात्मक प्रभाव पार्ने आश छ।'



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell