PahiloPost

May 6, 2024 | २४ बैशाख २०८१

​युट्युबले यस्तो नयाँ फिचर ल्याउँदैछ जसले तपाईलाई नमज्जा बनाउन सक्छ



​युट्युबले यस्तो नयाँ फिचर ल्याउँदैछ जसले तपाईलाई नमज्जा बनाउन सक्छ

युट्युबले नयाँ फिचर ल्याउने तयारी गरेको छ जुन युट्युबमा भिडियो हेर्न सौखिनहरुका लागि नमज्जा बन्न सक्छ। अब युट्युबका भिडियोहरुमा ६ सेकेण्डसम्मका विज्ञापनहरु देखिनेछन् जसलाई दर्शकले स्किप गर्न पाउने छैनन्। 

हालसम्म युट्युबमा आउने सबै विज्ञापनहरुलाई स्किप गर्न सकिन्छ। दर्शकले केही सेकेण्डमै त्यस्ता विज्ञापनलाई हटाउन सक्छन्। अब भने यस्ता विज्ञापनहरु हटाउन मिल्ने छैन।  यसलाई उसले बम्पर विज्ञापनको नाम दिएको छ।

गुगलका भिडियो विज्ञापनका लागि उत्पादन व्यवस्थापक जाक लुपीले  टेलिग्राफलाई भने,' हामीले बम्पर विज्ञापनलाई भिडियो विज्ञापनको सानो
हाइकुको रुपमा सोचेका छौं।' 

रुडिमेन्टलको दोस्रो एल्बमको प्रचार गर्नका लागि भर्खरै परीक्षण गरिएको बम्पर विज्ञापनलाई युट्युबले अर्को महिनामा विस्तार गर्ने भएको छ। 
यी छोटा विज्ञापनहरु स्मार्टफोनमा भिडियो हेर्ने मध्य ५० प्रतिशत १८ वर्ष देखि १४ वर्षसम्मका मानिसहरुका लागि लक्षित भएको गुगलले जानकारी दिएको छ। 

हटाउन नमिल्ने विज्ञापनहरु हाल आउने  लामो विज्ञापनहरुसहित आउने भएको छ। 

​लुपीले भने, 'युट्युबले विज्ञापन गर्ने फरक अप्सनहरु बनाउने योजना बनाएको छ। जसकारण मानिसहरुले अहिलेको भिडियो हेर्ने तरिकालाई फरक रुप दिन सकोस्।'



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell