PahiloPost

May 4, 2024 | २२ बैशाख २०८१

सिक्किमका स्टन्ट राइडरले बाइक उडाउँदा काठमाडौँवासीको ताली

सिक्किमका स्टन्ट राइडरले बाइक उडाउँदा काठमाडौँवासीको ताली


​​काठमाडौं : मिलन प्रधान भारत सिक्किमका चर्चित बाइक स्टन्ट राइडर हुन्। उनले शनिबार काठमाडौं न्युरोडको संकटा मन्दिरछेउको ब्याडमिन्टन कोर्टमा बाइक स्टन्ट गरे। उनी भारतको पूर्वोत्तर क्षेत्रमा बाइक स्टन्टबाटै चर्चित छन्। २ सय भन्दा बढी प्रोफेसनल बाइक स्टन्ट प्रतियोगितामा सहभागी भएका उनले काठमाडौंमा पनि वाहवाही पाए।

आम रुपमा त्यति चर्चित नभइसकेको तर युवा पुस्तामाझ लोकप्रिय हुँदै गइरहेको बाइक स्टन्ट सो मा उनलाई काठमाडौं ल्याएको थियो राइडर्स युनिफाइडले। यो काठमाडौंमा बाइक स्टन्ट गर्नेहरुको क्लब हो। 

'यो मेरो करिअर हैन प्यासन हो, लाइफस्टाइल हो' बाइक स्टन्टपछि मिलनले भने। खासमा उनी सिक्किममा ब्यापार गर्छन्। बाइक स्टन्टचाहिँ उनको सौख हो। 

उनले भारतको बेंगलोर,कलकत्ता लगायत अरु शहरहरुमा पनि बाइक स्टन्ट सो हरुमा भाग लिएका छन्। मिलनले महिनामा ३/४ वटा बाइक स्टन्ट सोहरुमा भाग लिइरहेका हुन्छन्।  सन् २०१५ मा भारतको बाइक स्टन्ट च्याम्पियनसिप स्टन्ट ब्रोलमा उनी उत्कृष्ट ४ भित्र परेका थिए।

प्रधानको काठमाडौंमा बाइक स्टन्ट पहिलो अनुभव भए पनि यसअघि उनले धरानमा गरिसकेका छन्। नेपालमा बाइक स्टन्ट गरेको पनि हेरे। उनी भन्छन् ' काठमाडौंमा धेरै सुधार जरुरी छ, यसलाई पब्लिकले पनि सपोर्ट गर्नुपर्छ।'

मिलनलाई राइडर्स युनिफाइडले नेपाली टोपी लगाइदिएर सम्मान पनि गर्‍यो। 


ट्रेन्डिङ पोस्ट

Ncell