PahiloPost

May 6, 2024 | २४ बैशाख २०८१

​चौतारामा सिसी क्यामेरा जडान



​चौतारामा सिसी क्यामेरा जडान

मेलम्ची : सदरमुकाममा हुने अवाञ्छित गतिविधि नियन्त्रणका लागि जिल्ला प्रहरी कार्यालय चौताराले सदरमुकामका १६ स्थानमा सिसीक्यामेरा जडान गरी निगरानी बढाएको छ। 

जिल्ला अस्पताल चौतारादेखि बसपार्कसम्म करिब तीन किमीको बजार क्षेत्रका विभिन्न १६ स्थानमा क्यामेरा जडान गरिएको हो। 

अपराध रोकथाम तथा समाजमा घटेका घटनाको प्रभावकारी अनुसन्धानका लागि जिल्ला प्रहरी कार्यालयले १६ लाख रुपैयाँको लागतमा सो क्यामेरा केही दिनअघि जडान गरेको प्रहरी निरीक्षक योगराज खतिवडाले बताए।  

क्यामेरा जडानपछि सदरमुकामका व्यवसायी, बैंक तथा वित्तीय संस्थालगायत क्षेत्र थप सुरक्षित बनेको प्रहरीको भनाइ छ। 

केही महिनाअघि जिल्लास्थित कार्यालय प्रमुखको बैठक बसी जिल्ला सदमुकाममा सुशासन स्थापित गर्न क्यामेरा जडान गर्ने अवधारणाअन्तर्गत जडान गर्ने काम अघि सारिएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ। 

सदरमुकाममा क्यामेरा जडानपछि आफूहरुले थप सुरक्षित महसुस गरेको स्थानीयवासी कुमार श्रेष्ठले बताए। रासस 
 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell