PahiloPost

May 4, 2024 | २२ बैशाख २०८१

​मिस तनहुँ भन्दा 'राइडर्स सुजना' प्यारो : तनहुँ सुन्दरीको स्टन्ट अनुभव



​मिस तनहुँ भन्दा 'राइडर्स सुजना' प्यारो :  तनहुँ सुन्दरीको स्टन्ट अनुभव

  • विनोद ढकाल-
काठमाडौं : तनहुँ बिमलनगरकी सुजना श्रेष्ठ आफुलाई 'राइडर्स सुजना' भनेर चिनाउँछिन्। उनी मिस तनहुँ २०१५ की विजेता हुन्। तैपनि 'राइडर्स सुजना' कै टाइटल मन पर्छ। कारण सोध्दा भन्छिन्  'खै यसमै प्यासन भएर होला।'

हुनत उनले स्टन्ट गर्न थालेको १ वर्षमात्रै भयो। सुरुमा भिडियो र अरुले गरेको देखेर नै स्टन्ट सिकिन्। अनि आफै प्राक्टिस गरिन्। 'गर्दागर्दै रमाइलो हुन थाल्यो, अहिले त लाइफकै पार्टजस्तो भइसक्यो' सुजना भन्छिन्।

एक वर्षअघि उनी नेपाल अटोमोवाइल स्पोर्टस एशोसिएशनले गरेको बाइक स्टन्ट शो मा तनहुँबाट छानिएकी थिइन्। त्यतिबेलासम्म स्टन्ट गरेकी थिइनन्। 'अरुले गरेको देखेपछि आफु पनि सक्छु भन्ने लाग्यो' उनले भनिन्‍।

काठमाडौं भन्दा झण्डै डेढ सय किलोमिटर टाढा पृथ्वी राजमार्ग छेउमा छ उनको घर। अर्थात त्यस क्षेत्र भर्खरै शहर उन्मुख हुँदै गरेको ठाउँ हो। त्यसैले बाइक स्टन्टहरु त भेटिने कुरा भएन। उनले स्टन्ट गर्दा अचम्म मान्नेहरु धेरै छन्। 'पहिले किन गरेको होला भन्थे, अहिले हेरिरहन्छन्, फेरि गर न भन्छन्' सुजनाले भनिन्।

अरुले जे भनेपनि परिवारबाट उनलाई बाधा बन्देज भएन। 'बाबा, ममी र दिदीले धेरै सपोर्ट गर्नुहुन्छ' उनले खुलाइन् 'ममीचाहिँ कहिलेकहिले डराउनुहुन्छ, धेरै माया गरेर होला यसो नगर न भन्नुहुन्छ।' स्टन्ट गर्दा दुर्घटना हुन्छ कि भन्ने डर नहुने होइन। तर सुजना सचेत छिन् अहिलेसम्म अप्रिय केही भएको छैन। 'बरु हिँड्दाखेरि लडेकु छु तर स्टन्ट गर्दा एक्सिडेन्ट भएको छैन' उनी भन्छिन्।

सुजनाले १० भन्दा बढी स्टन्ट सजिलैसँग गर्छिन्। जसमा ह्वीलि, स्टपी, ब्रनआउट, ह्युमन कम्पास, हाइचर, सिटस्ट्याण्ड केही हुन्। सुजनाले आफ्नो घर वरपरसँगै काठमाडौं र पोखरामा पनि स्टन्ट देखाइसकेकी छन्। शनिबार उनी न्युरोडको संकटा मन्दिरछेउको बास्केटबल कोर्टमा स्टन्ट देखाइन्। हेर्नुस् उनका स्टन्ट : 

फोटोहरु : इलिट जोशी










@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell