PahiloPost

Apr 26, 2024 | १४ बैशाख २०८१

अंग्रेजी सिरिज हेर्ने पुस्तालाई नेपाली टेस्ट, सफल होला त पिएस जिन्दगी?



स्वेच्छा राउत

अंग्रेजी सिरिज हेर्ने पुस्तालाई नेपाली टेस्ट, सफल होला त पिएस जिन्दगी?

अंग्रेजी सिरिजहरु हेर्दै आएको नेपाली युवा जमातको ध्यान खिच्दै वैशाख १२ गते पहिलो नेपाली सिरिज युट्युब मार्फत् प्रदर्शन भएको थियो। 'पिएस जिन्दगी' अर्थात पोस्ट सेसिमिक जिन्दगी नाम दिइएको सो सिरिज नेपालको पहिलो अनलाइन सिरिज हो।

मुसुमुसु प्रोडक्सनले निर्माण गरेको सिरिजको १६ मिनेट लामो पहिलो भागमा यसका पात्रहरुको परिचय दिइएको छ। टुकीको उज्यालोमा कृष्ण(राजकुमार पुडासैनी) र जेपी(उत्पल झा) ले कुरा गरिरहेको दृश्यबाट सिरिज सुरु हुन्छ। सम्भवतः दृश्यमा हरेक नेपालीले झेल्दै आएको लेडसेडिङको समस्यालाई देखाउन खोजिएको हो।

कृष्ण र जेपी गफकै क्रममा परकम्प आएर भाग्दा अरु दुइ महिला पात्र कोकाब (सुजाता कोइराला) तथा जुना(कविता श्रीनीभाषन) पनि परिचयात्मक इन्ट्री हुन्छ। यी दुई दिदीबहिनी को प्रवेशले सिरिजमा नयाँ मोड ल्याउँछ।

नमिल्दो अंग्रेजी बोलिरहने कृष्णको स्वभाव चञ्चल र उसको साथी जेपीको चरित्र भलाद्मी देखाइएको छ। कोकाब तथा जुनाको कथा मार्फत मुसलमान परिवारको पृष्ठभूमि देखाइएको छ।

नयाँ पुराना कलाकारको कुशल अभिनय सिरिजमा देख्न सकिन्छ। तर प्रविधिक पक्ष भने अलि सुधार्नु पर्ने छ। नयाँ युवा पुस्ताको भुइँचालो पछिको जिन्दगीलाइ समेटेर बनाइएको यस सिरिजको संवाद अझैं फितलो लाग्न सक्छ। एक सस्पेन्स पात्रलाइ देखाएर अन्त्य गरिएको सिरिजको दोस्रो भाग आजै सार्वजनिक हुँदैछ।
 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell