PahiloPost

Apr 24, 2024 | १२ बैशाख २०८१

नेपालका हिरोइनसँग कम्मर मर्काउन आउँदै बलिउडका सोनाक्षी सिन्हा र मलायका अरोरा



स्वेच्छा राउत

नेपालका हिरोइनसँग कम्मर मर्काउन आउँदै बलिउडका सोनाक्षी सिन्हा र मलायका अरोरा

काठमाडौं : चल छैयाँ छैयाँ छैयाछैयाँ...मा रेलमाथि कम्मर मर्काउने मलायका अरोरा र दबङ् हिरोइन सोनाक्षी सिन्हा नेपालमा कम्मर मर्काउन आउने तय भएको छ। उनीहरुसँग नेपालका चर्चित हिरोइनहरुले पनि आफूलाई लाइभ प्रस्तुत गर्नेछन्। 

भूकम्पका कारण ध्वस्त भएका भौतिक पूर्वाधारको पुनर्निर्माणका निम्ति च्यारिटी सो गर्ने उद्देश्यका साथ 'अमरपंछी' कार्यक्रममा देशी र विदेशी हिरोइनहरुको जमघट हुने भएको हो। सैनिक श्रीमती संघ र अल्पेन ग्लो इभेन्ट्सको सहकार्यमा कार्यक्रम हुँदैछ। 

नेपाली कलाकारहरुको प्रस्तुती रहने कार्यक्रममा आकर्षणको केन्द्र भने दुई बलिउड अभिनेत्री सोनाक्षी सिन्हा र मलाइका अरोरा बनेका छन्।
रेखा थापा, प्रियंका कार्की, निशा अधिकारी, केकी अधिकारी, सुष्मा कार्की लगायतका नपाली नायिकाहरु साथै गायिका इन्दिरा जोशीको पनि अमरपंछीमा प्रस्तुती रहनेछ।

'यो कार्यक्रममा प्रस्तुती दिन पाउँदा निकै खुसी लागेको छ , मेरो हिट नम्बरमा म नाचेको दर्शकले देख्न पाउनेछन्,' उत्साहित हुँदै अभिनेत्री निशा अधिकारीले बताइन्। 

अमरपंछीका लागि नेपाली नायिकाहरुको नृत्य निर्देशन रेनेशा राईले गरेकी छिन्।

अल्पेन ग्लोले यस अघि पनि 'मोहित चौहान लाइभ इन नेपाल'को इभेन्ट व्यवस्थापन गरेको थियो। अल्पेन ग्लोकी देसाल लामाले भनिन्,'अमरपंछी पनि सफल हुनेमा हामी आशावादी छौं।' 

नेपालमा भूकम्प जाँदा सोनाक्षी र मलाइकाले टाढा रहेर भए पनि भावनात्मक साथै भौतिक रुपमा साथ दिएकाले उनीहरुलाई  अमरपंछीका लागि निम्त्याएको देसालले जानकारी दिइन्। जेठ १ गते हुने कार्यक्रमको लागि बलिउड सुन्दरी सोनाक्षी र मलाइका वैशाख ३१ मा नेपाल आउनेछन्।
(कभर फोटो प्रदीप कार्की)



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell