PahiloPost

May 4, 2024 | २२ बैशाख २०८१

१६ लाख रुपैयाँमा बन्यो कपनमा संगीत डबली



१६ लाख रुपैयाँमा बन्यो कपनमा संगीत डबली

काठमाडौं : स्थानीय सामाजिक संस्था कपन संगीत सरोवरले  १६ लाख रुपैयाँमा डबली निर्माण गरेको छ। सरकारी तथा गैरसरकारी निकायको सहयोगमा निर्मित डबलीको नेपाल संगीत तथा नाट्य प्रतिष्ठानका कूलपति सरुभक्तले शनिबार उद्घाटन गरे।

कपन क्षेत्रमा शास्त्रीय तथा भक्ति संगीतको क्षेत्रमा ९ वर्षदेखि क्रियाशील कपन संगीत सरोवरले बुढानिलकण्ठ नगरपालिका १८ स्थित बगलामुखी मन्दिर परिसरमा डबली निर्माण गरेको हो।

संस्थाले वरिष्ठ संगीत सर्जक तथा प्रस्तोता संगीता प्रधान रानालाई सम्मान पनि गरेको छ। गायिका प्रधानलाई नगद दस हजार रुपैयाँ सहित ताम्रपत्रद्वारा सम्मान गरिएको हो। कार्यक्रममा संगीतकार विनय वर्मा तथा गायक सतिश महर्जनले तयार पारेका गजल ‘प्रवाह’ को सिडी पनि विमोचन गरिएको छ।

कार्यक्रमा कपन संगीत सरोवरको अक्षयकोष निर्माणका लागि सांसद गगन थापाले एक लाख रुपायँ प्रदान गर्ने बताए। उनले कार्यक्रमस्थलमा सोलार बत्ती जडान गर्ने वचन दिए।

कार्यक्रममा संस्थाको अध्यक्ष विसुकुमार केसीले आउँदो १ वर्षभित्र १० लाख रुपैँयाको अक्षयकोष निर्माण गर्ने घोषणा गरे। 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell