PahiloPost

Apr 24, 2024 | १२ बैशाख २०८१

सुन्दरीहरुको सुन्दर काम



स्वेच्छा राउत

सुन्दरीहरुको सुन्दर काम

  • स्वेच्छा राउत-
काठमाडौं : मिस नेपाल २०१६ घोषणा भए लगत्तै मिस नेपाल अश्मी श्रेष्ठ, फस्ट रनर्स अप रोशनी खत्री, सेकेन्ड रनर्स अप रेखा लेखी लगायत प्राय प्रतिस्पर्धीहरु विभिन्न कार्यक्रममा व्यस्त छन्। मुख्य तीन उपाधी विजेता अश्मी श्रेष्ठ मिस वर्ल्ड, फस्ट रनर्स अप रोशनी खत्री मिस युनिभर्स र रेखा लेखी मिस अर्थ २०१६ भिड्नका लागि तयारीमा छन्। यस्तै व्यस्तताबीच पनि मिस नेपाल प्रतियोगीहरुले भूकम्प पीडितहरुका लागि आफ्नो समय निकालेका छन्।
 
भूकम्पका कारण बाल बालिकाहरुको मनोविज्ञानमा परेको असरलाई बुझ्न र उनीहरुको पीडालाई केही कम गर्नका लागि सहयोग गर्न प्रतियोगीहरुले बौद्धको 'क्याम्प होप'मा जमघट आयोजना गरे।
 
होटल द्वारिकाको अस्थायी भूकम्प पीडित शिविर (क्याम्प होप)मा ३०० भूकम्प पीडित राखिएका छन्। संगीता श्रेष्ठको संयोजनमा, सिन्धुपाल्चोकका भूकम्प पीडितहरुलाई आश्रय दिइएको हो। क्याम्पमा ८१ जना बालबालिका छन्। होटल द्वारिकाले ती बालबालिकालाई खाने र बस्ने मात्र होइन पढ्नका लागि विद्यालय जाने व्यवस्था पनि मिलाइदिएको छ।

तिनै बालबालिकालाई भावनात्मक राहत दिनका लागि मिस नेपाल प्रतियोगीहरुले शनिबार शिविरमा खेलकुद सामाग्रीहरु लिएर गएका थिए।
 
मिस नेपाल अश्मी श्रेष्ठ, फस्ट रनर्स अप रोशनी खत्री, सेकेन्ड रनर्स अप रेखा लेखी, मिस ब्युटिफुल स्किन नम्रता श्रेष्ठ, मिस स्कोलर प्रेरणा अधिकारी, सजुम कटवाल, जुबी जोशी र कुसुम थापा मगरको टोलीले क्याम्पमा बालबालिकासँग फुटबल पनि खेल्यो। शनिबार दिनभरी जस्तो क्याम्पमा बिताएका सुन्दरीहरुले नाचगान पनि गरे।

'चिट्ठावाला खेल पनि खेल्यौं, मलाई माइकल ज्याक्सनको जस्तो नाच्न परेको थियो। नाचेँ, भाइबहिनी खुसी भए', मिस नेपाल अर्थ वर्षा लेखीले सुनाइन्।
 
मिस नेपाल अश्मी श्रेष्ठले पनि क्याम्प होपमा दिन बिताउन पाएकोमा फेसबुक मार्फत् खुसी व्यक्त गरिन्। उनले लेखेकी छिन्,'हाम्रो उपस्थितिले पनि उनीहरुमा थप खुसी दियो।'


 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell