PahiloPost

Mar 29, 2024 | १६ चैत्र २०८०

अमरपंक्षी हेर्न जान पाउनुभएन? पढ्नुस् कार्यक्रमको प्रत्यक्ष विवरण



स्वेच्छा राउत

अमरपंक्षी हेर्न जान पाउनुभएन? पढ्नुस् कार्यक्रमको प्रत्यक्ष विवरण

काठमाडौँ : सैनिक श्रीमती संघको आयोजनामा काठमाडौंको टुँडिखेलस्थित सैनिक मञ्चमा भएको कार्यक्रमको सुरुवात सेनाकै ब्यान्डको स्वागत संगीतबाट भयो।

'अमरपंक्षी' सांगीतिक कार्यक्रमका लागि हजारौँ जम्मा भएका थिए। करिब साढे ६ बजे नेपाल आर्मी ब्यान्डले आर्मीको लोगो सङ्ग 'रातो र चन्द्र सूर्य'  हुँदै बलिउडका दुई सुन्दरीको लागि उनीहरुकै हिट नम्बर मलाइकाको 'चल छैयाँ छैयाँ’ र सोनाक्षीको ’जादु ए चल गया’को धुन समर्पित गर्‍यो।

नेपाली सैनिक ब्यान्डको लागि संगीत व्यवस्थापन नेपाली सेनाका क्याप्टेन तथा संगीतकार अमुल कार्की धलीले गरेका थिए।  

थप फोटोहरु हेर्नुस्-



इन्दिराले पारिन् निराश

स्वागत धुनपछि पालो थियो गायन, नृत्य र अभिनय सबैमा दख्खल, नेपाली साकिराको नामले परिचित गायिका इन्दिरा जोशीको। उनी स्टेजमा देखा पर्दा टुँडिखेलमा उपस्थित दर्शक निकै उत्साही देखिन्थे। सायद सबैको रहर थियो इन्दिरासँगै उफ्रिने, कम्मर मर्काउने। तर इन्दिराले दर्शकलाई कार्यक्रमको सुरुवातमै निराश पारिन्।

उनका निकै हिट डान्सिङ नम्बर 'उध्रेको चोली’, ’चौबन्दी चोली अनि रातो घाँगर’ जस्ता गीतमा नृत्य दर्शकले अपेक्षा गरेका थिए।
तर उनले भने 'हातमा छ भिसा, मनमा छ नेपाल, अर्कैको बेहुली, केही नभनी, जति माया गर्छु भने पनि जस्ता केही नयाँ र कम चर्चित गीतमा नृत्य प्रस्तुत गरिन्।

स्टेजबाट जाँदा जादै भने इन्दिराले चौबन्दी चोली अनि रातो घाँघर भन्दै कम्मर मर्काएर दर्शकमा नयाँ जोस र उत्साह थपिन्।

नेपाली प्रस्तुति

इन्दिरा पछि पालो थियो ऋचा शर्माको। उनले 'जालमा’,’तालको पानी’, 'नाच न’ जस्ता गीतमा प्रस्तुति दिइन्।

लगत्तै पालो थियो केकी अधिकारीको। उनले पुराना नेपाली चलचित्रका गीतहरुमा आफू पनि नाचिन् र दर्शकलाई पनि नचाइन्। 'डाली डाली फूल फूल्यो' अनि 'गैरी खेतको शिरै हाल्यो' र 'मनकी चरी उडी उडी' मा उनको प्रस्तुति रह्यो। 

मस्ट गुगल्ड नेपाली एक्ट्रेसको ट्यागसँगै मञ्चमा देखिइन् सुष्मा कार्की। उनले ’माया जालमा परेर’ 'उध्रेको चोली’ लगायतका गीतमा दिएकी ग्लामरस प्रस्तुतिले कार्यक्रममा रौनक थप्यो।














मलाइकाको इन्ट्री

सुष्माले तताएर गएको स्टेज सेलाउन नपाउँदै माहोललाई थप तताउन देखा परिन् बलिउड स्टार मलाइका अरोरा।

इन्डियन लेह्ङ्गा चोलीमा देखिएकी मलाइकाको इन्ट्रीले हुटिङको वर्षा गरायो। उनले 'अनारकली डिस्को चली’, ’फेविकल से’, ’मुन्नी बदनाम हुई’ जस्ता गीतमा आइटम डान्स देखाइन्।

मलाइकाको लागि डान्स कोरियोग्राफ भारतीय कोरियोग्राफर संजय सेट्ठीले गरेका थिए।









मलाइकाको प्रस्तुतिपछिको ’ओन्स मोर’को हुटिङले एकछिन सम्म प्रस्तोता साहाना बज्राचार्यलाई बोल्न दिएन।
 
'स्टेजमा अब सिम्बोल अफ डिटरमिनेसन आउँदैछिन्’ भनेर घोषणापछि कम भएको हल्लाले नायिका निशा अधिकारीको कन्टेम्पररी नृत्यको मजा लिए। उनले ’कता हिँडेको कसलाई खोजेको’,’को हौ तिमी’,’ढल्क्यो’ जस्ता गीतमा नाचिन्।








 

सोनाक्षीको इन्ट्रीसँगै अनियन्त्रित भिड

त्यसपछी गो-गो-गो गोविन्दा भन्दै मञ्चमा इन्ट्री मारिन् सोनाक्षी सिंहाले। उनको इन्ट्रीसँगै अनियन्त्रीत भएको भिड उनीसँगै नाच्न थाल्यो। 'गन्दी बात', 'साडीके फलसा' जस्ता आफ्ना हिट नम्बरमा प्रस्तुति दिएकी उनका लागि पनि डान्स कोरियोग्राफी संजय सेट्ठीले गरेका थिए।


 

प्रियङ्काको फरक शैलि

प्रियंका कार्कीको फरक इन्ट्रीले कार्यक्रममा रौनक थप्यो। दर्शककै भिड बीच डोलीमा चढेर फूल छर्दै उनी स्टेजमा देखिइन्। स्टेजमा चढे लगत्तै ’सुर्के थैली खै’ बज्दा प्रियंकासँगै दर्शकको भिड पनि नाच्यो।


 
कार्यक्रममा दुवै बलिउड स्टारले दुई पटक प्रस्तुति दिइन्। आइटम क्विन मलाइका दोस्रो पटक ’यार नामिले’ ’चिटीया कलैया बे’ बोलको गीतमा नाचिन्।
 
त्यसपछि हातमा बन्दुक र शिरमा ताज लाएर आइन् रेखा थापा। नारीवादी सन्देश दिने उनको प्रस्तुति पछि सोनाक्षी सिन्हाले पुन: स्टेज तताइन्।
 
भूकम्पका कारण ध्वस्त संरचना पुननिर्माणका लागि च्यारिटी सो भनेर आयोजना गरिएको कार्यक्रमको अन्त्यमा सोनाक्षी र मलाइकासँगै प्रधान सेनापति राजेन्द्र क्षेत्री स्टेजमा देखिए।

कार्यक्रमको व्यवस्थापन अल्पेन ग्लो इभन्ट्सले गरेको थियो। 





@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell