PahiloPost

Apr 25, 2024 | १३ बैशाख २०८१

अमरपंक्षीको भद्रगोल : भिभिआइपी कुर्सीमा चढेपछि भिआइपीले बोतल हाने, कम्पाउन्डबाहिर लाठिचार्ज



स्वेच्छा राउत

अमरपंक्षीको भद्रगोल : भिभिआइपी कुर्सीमा चढेपछि भिआइपीले बोतल हाने, कम्पाउन्डबाहिर लाठिचार्ज

काठमाडौँ : सैनिक श्रीमती संघको आयोजना र अल्पेन ग्लो इभेन्टको व्यवस्थापनमा गरिएको सांगीतिक कार्यक्रममा हजारौं दर्शक उपस्थित भए। ६ नेपाली नायिका/गायिका र दुई बलिउड स्टार सोनाक्षी सिंहा र मलाइका अरोराको प्रस्तुति हेर्न दर्शकले पाँच सय देखि सात हजारसम्मको टिकट काटे। 

टिकटसहित प्रवेश गर्ने हरेकको लागि टिकटको दाम अनुसार भिन्दाभिन्दै प्रवेशद्वार बनाइएको थियो। ७ हजार/५ हजार तिरेकाको लागि स्टेज अगाडिको भागमा कुर्सीको पनि व्यवस्था थियो। कुर्सीमा बस्ने हरेकको हातमा 'भिभिआइपी'को छाप थियो। कार्यक्रममा उपस्थित सबैको हातमा टिकटको रकम अनुसार स्ट्याम्प लगाइएको हो।

भिभिआइपीको ठिक पछाडि मिडियाको लागि एउटा लहर छुट्याइएको थियो। मिडिया पछाडि भने ५ हजारभन्दा कम र ५०० भन्दा माथिको टिकट लिने समूह थियो। हातमा भिआइपीको स्ट्याम्प भए पनि उनीहरुको लागि कुर्सी थिएन।
 
बस्न नपाएको र अगाडिकाले गर्दा मञ्च छेकिएको गुनासो गरिरहेका उनीहरुले टिकटको पैसा फिर्ता दिए फर्किने भन्दै सेवामा खटिएका सेनालाई घुर्की लाउँदै थिए।

कलाकारको प्रस्तुतिले माहौल तात्तिँदै जाँदा भिभिआइपी समूहकाहरु कुर्सीमाथि चढ्न थाले। त्यसपछि भने पछाडि रहेका भिआइपी समूहले पानीका खाली बोतल अगाडि प्रहार गर्न थाले। त्यसरी नै छेकी राखे जुत्ता प्रहार गर्ने धम्की आएपछि भने सेनाले भिड केही नियन्त्रण गर्‌यो। 

कार्यक्रम परिसरभित्रको भद्रगोल त सेना र स्टेजमा नायिकाको प्रस्तुतिले सम्हाल्दै थियो। त्यसै समय कम्पाउण्ड बाहिर पनि भद्रगोल भयो। टिकट हुँदाहुँदै पनि भित्र पस्न नदिएको भन्दै सुरु भएको विवाद हात हालाहालमा परिणत भयो। पछि प्रहरीले त्यहाँ लाठिचार्जसमेत गर्नुपर्‌यो। 




















प्रधान सेनापति कार्यक्रम स्थलमा। फोटो : रासस

थप फोटोहरु हेर्नुस्-



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell