PahiloPost

Jul 19, 2025 | ४ साउन २०८२

चरा ठोक्किएपछि काठमाडौँमा जेट एयरवेजको विमान आपतकालीन अवतरण



चरा ठोक्किएपछि काठमाडौँमा जेट एयरवेजको विमान आपतकालीन अवतरण
फोटोः planespotters.net

काठमाडौँ : १ सय २५ यात्रु र सात चालक दलका सदस्यसहित भारतको मुम्बईबाट काठमाडौँ आउँदै गरेको जेट एयरवेजको बोइङलाई आज त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा आपतकालीन अवतरण गरिएको छ। 

कोटेश्वरमाथि उड्दै गर्दा फ्लाइट नम्बर 9W268 भएको यो विमानको बायाँ इन्जिनमा चरा ठोक्किएको त्रिभुवन विमानस्थलका महाप्रबन्धक वीरेन्द्रप्रसाद श्रेष्ठले पहिलोपोस्टलाई बताए। फ्लाइटराडार२४ का अनुसार विमान मध्याह्न १२ बजेर ६ मिनेटमा अवतरण गरिएको थियो। मुम्बईबाट विमान बिहान साढे नौ बजे उडेको थियो। 

'सबै यात्रु सकुशल छन्, कसैलाई केही भएको छैन', श्रेष्ठले भने, 'त्यत्रो स्पिडमा आएको जहाजमा चरा ठोक्किएपछि धुँवाको मुस्लो देखिनु स्वभाविक हो।'

उनले विमानको बायाँ इन्जिनमा चराका प्वाँखहरु देखिएको जानकारी दिए। 

 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell