PahiloPost

Apr 26, 2024 | १४ बैशाख २०८१

माओवादी अध्यक्ष वैद्यलाई दम र निमोनिया, नर्भिकमा भर्ना



माओवादी अध्यक्ष वैद्यलाई दम र निमोनिया, नर्भिकमा भर्ना

काठमाडौं : नेकपा–माओवादीका अध्यक्ष मोहन वैद्य एक्कासी बिरामी भएपछि अस्पतला भर्ना भएका छन्। दम र निमोनियाले भेटेपछि उनी सोमबार साँझ थापाथलीस्थित नर्भिक अस्पतालमा भर्ना भएका हुन्।

यही पुस ११ गतेदेखि जारी माओवादीको प्रथम राष्ट्रिय भेला सम्पन्न भएलगत्तै उनी अस्वस्थ भएका थिए। माओवादी प्रवक्ता पम्फा भुसालले भेलामा सहभागी हुँदा धपेडी र चिसो लागी  अस्वस्थ भएको बताएकी छिन्। 

सोमबार साँझ छ बजेतिर वैद्यलाई अस्पतालमा भर्ना गरिएको भुसालले बताइन्। चिकित्सकलाई उद्धृत गर्दै भुसालले भनिन्, 'अहिले उहाँको अवस्था सामान्य छ।' -रासस



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell