PahiloPost

May 6, 2024 | २४ बैशाख २०८१

गुगल डुडलमा डाँफेसहित गणतन्त्र दिवसको शुभकामना



गुगल डुडलमा डाँफेसहित गणतन्त्र दिवसको शुभकामना

गुगलले आफ्नो लोगो रहने ठाउँमा विभिन्न अवसरमा परिवर्तन गर्ने डुडललाई जेठ १५ को दिन नेपालको गणतन्त्र दिवसको शुभकामना दिन उपयोग गरेको छ। 

गुगलले यसका लागि नेपालको राष्ट्रिय पंक्षी डाँफेलाई मुख्य आकर्षण बनाएको छ। 

गुगलका अनुसार यो डुडलको डिजाइन एलिसा विनान्सले गरेकी हुन्। नेपालीको गर्व र खुसीलाई यो डुडलले प्रतिनिधित्व गर्ने आशा गुगलले गरेको छ। 

यो डुडलको रिच नेपालमा मात्र बनाइएको छ। अर्थात् अरु देशका प्रयोगकर्ताले यो डुडल देख्न पाउने छैनन्। 

यसअघि पनि गुगलले पोहोर भूकम्पमा ज्यान गुमाएकाहरुको सम्झना गर्दै गणतन्त्र दिवसमा मैनबत्तीको डुडल राखेको थियो। त्यसैगरी गुरुपूर्णिमा र होलीको डुडल पनि गुगलले बनाइसकेको छ। 





 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell