PahiloPost

May 6, 2024 | २४ बैशाख २०८१

​ठमेलमा मस्त मातिएको २०१४ को साँझ



​ठमेलमा मस्त मातिएको २०१४ को साँझ

  • अंगद ढकाल -
काठमाडौं : सन् २०१४ लाई बिदाई र नयाँ वर्षलाई स्वागत गर्न काठमाडौं हिजो सम्साँझै देखि तयार थियो। राजधानीका प्रमुख केन्द्रहरु झिलमिल थिए। रमाएको राजधानीको रुपमा श्रृगार थपिरहेका थिए नयाँ वर्षलाई स्वागत गर्न जुटेकाहरु।

हरेक नयाँ वर्षजस्तै यसपाला पनि राजधानी मस्त थियो। परिवारसहित नयाँ वर्ष मनाउनेहरु राजधानीका व्यापारिक मल र मल्टिप्लेक्समा केन्द्रित थिए। युवाहरुको चासोमा थियो ठमेल र दरवार मार्ग। युवामात्र होइन परिवारसँगै आउनेहरु ठमेलको स्ट्रिट फेस्टिबलमा रमाइरहेका थिए।

साँझ ८ बजेदेखि दरबारमार्गदेखि ठमेलसम्म लोडसेडिङ भयो। विद्युत प्राधिकरणले विजुली खोसे पनि अध्यारोँ छाएन। रात रंगिन बन्नेक्रम भर्खरै जो सुरु भएको थियो।

दरवारमार्गका चल्तिका दुकानहरु बन्द हुन थाले। दुकान बन्दसँगै अन्धकार बढ्ने कालोले ढपक्कै ढाक्छ काठमाडौं। मानिसहरु पनि सुनसान। तर, दृष्य फरक थियो। जताततै ट्राफिक जाम। सवारीहरु भिडभाड गर्दै अलमलिरहेका देखिन्थे। मानिसहरु उत्तिकै।

ठमेलमा जाने चोक विशेष थियो। गाडी व्यवस्थापन गर्न ट्राफिक प्रहरी खटिएका थिए भने मानिसलाई बाटो कटाउन प्रहरी। जेब्रा क्रसिङ गर्नका लागि ५ मिनेटसम्म कुर्नुपर्ने भइरहेको थियो। राति १० बजेसम्म यस्तै थियो हाल।

युवायुवतीको झुन्ड झुन्ड नाचिरहेको छ। परिवारसँगै आएकाहरु पनि रमाइरहेका छन्। ठमेलमा हिमालयन जाभाभन्दा पश्चिमतिर पूरै भरिएको छ - मदहोस् बनेको छ माहौल।

मध्यरातसम्म मानिसको भिडमात्र थिएन - छेवैमा स्ट्रिट फुडको मजा लिनेहरु थिए। म:मका स्टल ठमेलदेखि दरवारमार्गसम्मै फैलिएका थिए।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell