PahiloPost

Apr 29, 2024 | १७ बैशाख २०८१

गोविन्दराज नेपाल/पहिलोपोस्ट


आइतबार ललितपुरमा भेटिएकी सब्रिना गुरुङले आफ्नो लक्ष्य अमेरिकाको लस भेगासमा हुने हिपहप इन्टरनेसनल डान्स च्याम्पियनसिपमा भाग लिने रहेको सुनाइन्। खासमा हिपहप डान्स गर्ने हरेकको सपना हुन्छ यो च्याम्पियनसिपमा प्रतिस्पर्धा गर्ने। 

'मेरो अन्तिम सपना लस भेगास हो र यसका लागि विभिन्न खालका तयारी गरिरहेको छु', उनले बताइन्। 

१९ वर्षकी गुरुङ आफ्नो दाजुको डान्सबाट प्रभावित भएर नै यो क्षेत्रमा लागेको बताउँछिन्। ५ वर्षदेखि हिपहप डान्समा संलग्न रहेकी उनले यस क्रममा भारतको भ्रमण समेत गरिसकेकी छिन्। 

हिप हप डान्स ब्याटल डान्स वन अन वनमा प्रतिस्पर्धा गर्ने क्रममा झम्सिखेलस्थित स्पोर्ट्स बार पुगेकी उनको परिवार भने यसबाट खासै खुशी छैनन् रे।

सोमबार भएको बी बोइङ एण्ड अल स्टार डान्स ब्याटल अन्तर्गत वन अन वन प्रतिस्पर्धामा गुरुङ शीर्ष चारसम्म मात्र पुग्न सफल भइन्।
 
पछिल्लो समय नेपालमा पनि हिपहप डान्स कल्चर बढ्दो छ। यस सम्बन्धी विभिन्न खाले डान्स ब्याटलहरु हुँदै आएका छन्। यस्तो खालका ब्याटलहरु भइरहे पनि नेपालमा यसबारे धेरैले बुझिनसकेको सुरज श्रेष्ठ बताउँछन्।

 
पछिल्लो समय यस सम्बन्धी विभिन्न इभेन्टहरु भइरहेका छ भने नेपालमा पनि यसको स्कोप छ है भन्ने देखाएको छ, उनले भने। नेपालमा दोस्रो पटक डान्स ब्याटलमा भाग लिएका श्रेष्ठले यसअघि सन् २००९ मा थाइल्याण्डमा भएको बी बोइङ ब्याटलमा समेत भाग लिएका थिए।
 
गुरुङ र श्रेष्ठ हिप हप डान्सका प्रतिनिधि पात्र मात्र हुन् । यस सम्बन्धी क्रेज रहेका युवायुवती अहिले नेपालमा बढिरहेको छ। ललितपुरमा भएको दुई दिने उक्त डान्स ब्याटलमा करिब सय जना प्रतिस्पर्धीले भाग लिएका थिए जसमा बी बोइङ टु अन टु, बी बोइङ वन अन वन र अल स्टार वन अन वन डान्स ब्याटल समावेश गरिएको थियो। 


ट्रेन्डिङ पोस्ट

Ncell