पूर्वकुमारीको जीवनलाई प्रमुख विषय बनाएर बनाइएको फिल्म 'गाजलु' प्रदर्शनअघि संवादका कारण विवादमा आए पनि प्रदर्शन सुरु भएको भोलिपल्ट नै एक करोडको व्यवसायिक सफलता हात पार्न सफल भएको छ।
रोहित अधिकारीको निर्माण र हेमराज बिसीको निर्देशनमा बनेको फिल्मले निकै राम्रो प्रतिक्रिया पाएको छ।
पूर्व मिस नेपाल सृष्टि श्रेष्ठले अभिनय गरेको पहिलो फिल्म गाजलुमा किशोरकिशोरी र युवायुवतीमाझ लोकप्रिय नायक अनमोल केसीको अभिनय रहेको छ।
गाजलुले शुक्रबार ३९ लाख २६ हजार र शनिबार ८३ लाख १७ हजार गरेर दुई दिनमा १ करोड २२ लाख ७० हजार उठाएको निर्देशक हेमराज बिसीले बताए।
त्यस्तै गत साता रिलिज भएको फिल्म 'कालो पोथी' ले पनि हाउसफुल हुने गरी दर्शक तानिरहेको छ। २३ वटा विदेशी फिल्म फेस्टिभलमा सहभागी जनाएको र भेनिस फिल्म फेस्टिभलमा ‘क्रिटिक्स च्वाइस’ अन्तर्गत बेस्ट फिल्मको अवार्ड जितेको 'कालो पोथी'ले प्रदर्शनको दोस्रो सातामै एक करोड क्लबमा नाम लेखाएको छ।
फिल्मले एक सातामा ८० लाख ८६ हजार ९३ लाख जम्मा गरेको हो। दोस्रो साताबाट फिल्म करोड क्लबमा प्रवेश गर्यो।