PahiloPost

May 6, 2024 | २४ बैशाख २०८१

एनसेलद्वारा आक्रमणको भत्सर्ना, २४ बेस स्टेसनमा क्षति, साढे ५ लाख नागरिक सञ्चारविहीन



एनसेलद्वारा आक्रमणको भत्सर्ना, २४ बेस स्टेसनमा क्षति, साढे ५ लाख नागरिक सञ्चारविहीन

काठमाडौं : देशकै प्रमुख मोबाइल सेवा प्रदायक कम्पनीमध्ये एक एनसेलले कम्पनीको बेस स्टेसनमा गरिएको आक्रमणको भत्सर्ना गरेको छ। कम्पनीले अज्ञात समूहले आक्रमण गरेको भने पनि नेत्रविक्रम चन्द विप्लव नेतृत्वको माओवादीले आक्रमणको जिम्मा लिएको छ।

कम्पनीले  यस्ता खाले गैरकानूनी कृयाकलापले देश र जनता कसैलाई पनि सहयोग नपुग्ने जनाउँदै सबैलाई जिम्मेवार भएर काम गर्न र कसैलाई पनि उकास्ने काम नगरी विधिको पालनाका लागि सहयोग गर्न अपिल गरेको छ।

एनसेलका अनुसार विभिन्न जिल्लाका ग्रामिण क्षेत्रमा रहेका २४ वटा बेस स्टेसनमा क्षति पुगेको र यसले करिब ५ लाख ५० हजार नागरिकलाई  प्रत्यक्षरुपमा संचारविहीन बनाएको छ। 
 
“हामी सम्बन्धित सबैलाई नागरिकको संचारमा पहुँच तथा प्रयोग जस्तो आधारभूत अधिकारको सम्मान गर्न आग्रह गर्दछौं । यस्तो गतिविधि गर्नेले हेक्का राखौं ती ग्रामिण इलाकामा यतिखेर कति व्यक्तिलाई आकस्मिक स्वास्थ्य सेवा चाहिएको हुनसक्छ, र तपाईंको गतिविधिले उनीहरुलाई गम्भीर अवस्थामा पुर्‌याएको हुनसक्छ,” एनसेलका सुरक्षा निर्देशक महेन्द्र भट्टचनलाई उद्‌धृत गर्दै एनसेलद्वारा जारी विज्ञप्तिमा भनिएको छ। 
 
एनसेलले क्षति पुगेका टावरको यथासक्य चाँडो पुनर्स्थापनाका लागि प्रयत्नशिल रहेको जनाएको छ।
 
टावरमा भएको क्षतिको विवरण प्राप्त गर्ने क्रम जारी रहेको जनाउँदै एनसेलले यी घटनाले के कति क्षति भयो अहिले यकिन भइनसकेको जनाएको छ। एनसेलले १ करोड ४० लाख ग्राहकलाई मोबाइल सेवा प्रदान गर्दै आइरहेको छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell