PahiloPost

May 17, 2024 | ४ जेठ २०८१

​केकी अधिकारी इङ्ग्ल्यान्डको फ्यान, लाइभ हैन हाइलाइट्समा रमाउँदैछिन्

​केकी अधिकारी इङ्ग्ल्यान्डको फ्यान, लाइभ हैन हाइलाइट्समा रमाउँदैछिन्

स्वेच्छा राउत/पहिलोपोस्ट


विश्वकप पछिको ठूलो फुटबल प्रतियोगिता युरो कप र कोपा अमेरिका अहिले भइरहेको छ। सारा फुटबल प्रेमीको त ध्यान यसमा त छ नै, अरु बेला फुटबलबारे खासै चासो नराख्नेहरु पनि विभिन्न देशको सपोर्टमा रमाइरहेका छन्। त्यसै मध्येकी एक हुन् नायिका तथा मोडल केकी अधिकारी।

उनलाई स्कुल पढ्दा र होस्टलमा बस्दा मोजाको बल बनाएर खेलेको याद छ। उनी हाँस्दै सुनाउँछिन्, 'मोजाको बल त खेलियो तर कति पटक हारियो, कति पटक जितियो याद नै छैन।'

होस्टलमा जुन खेल पनि सबैजना मिलेर खेल्ने भएकाले उनले सानोमा फुटबलको मज्जा खुब लिइन्। तर युरोकपतर्फ उनको आकर्षण बढेको चाहीँ धेरै भएको छैन।

भनिन्, 'साथीहरु सबै हेर्ने। आफू पनि लहलहैमा लागेर हेर्न थालेको १४ औं संस्करणदेखि हो।' 

यो पटक उनी इङ्गल्याण्डको  सपोर्ट गर्दैछिन्। उनलाई इङ्गल्यान्डको सबैभन्दा मनपर्ने खेलाडी रुनी हुन्।

केकीलाई युरो कपको प्रायः खेल नेपालको मध्यरातमा भएको मन परेको छैन। भन्छिन्,'निद्रा माया मारेर हेरे अर्को दिन पूरै असर गर्छ। बरु बिहान उठेर हाइलाइट्स हेरिन्छ।' 

युरोकप अपडेटका लागि हाइलाइट्सबाहेक उनी पत्रपत्रिका पनि पढ्छिन्।

उनी फुटबलमा रमाउने भए पनि, स्कुल जीवन सकेपछि भने फुटबल खेलेकी छैनन्। उनलाई प्रायः इन्डोर खेल मनपर्छ र खेल्छिन् पनि।

उनलाई फुटबल बुझ्न सजिलो लागेको थियो। त्यसैले हेर्दा रमाउँछिन् पनि। उनकै कारण अरु समय खेलकुदमा खासै नरमाउने उनको परिवार पनि उनीसँगै खेल हेर्छन्।

केकीको इङ्ग्ल्यान्डपछिको अर्को समर्थन चाहीँ स्पेनलाई रहेको छ। 

इङ्ग्ल्यान्डले अहिलेसम्म युरो जितेको छैन भने स्पेन डिफेन्डिङ च्याम्पियन हो। स्पेनले गएरातिको पहिलो खेल जितेको छ भने इङ्ग्ल्यान्डले पहिलो खेल बराबरीमा टुङ्ग्याएको थियो। 


ट्रेन्डिङ पोस्ट

Ncell