PahiloPost

May 15, 2024 | २ जेठ २०८१

तेक्वान्दोकी रोमी गिरी इंग्ल्याण्डको ब्लाइण्ड सपोर्टर, बेकह्यामको फ्यान

तेक्वान्दोकी रोमी गिरी इंग्ल्याण्डको ब्लाइण्ड सपोर्टर, बेकह्यामको फ्यान

गोविन्दराज नेपाल/पहिलोपोस्ट


युरो कपको १५ औं संस्करण फ्रान्समा चलिरहेको छ, तर यसको असर भने विश्वभर परिरहेको छ। नेपालमा पनि फुटबल पारखीहरु युरोकपको आनन्द लिइरहेका छन्। फुटबल समर्थक, खेलाडी मात्र नभएर सेलिब्रेटी, व्यापार व्यावसायमा लागेका समेत अहिले युरोमा रमाइरहेका छन्। 

यस्तै एक पात्र हुन् रोमी गिरी। उनी तेक्वान्दोकी खेलाडी हुन्। फ्रान्समा चलिरहेको युरोकपबारे सोध्दा उनले उत्साही हुँदै भनिन्, अवश्य पनि म युरोबारे अपडेट भइरहेको छु। विश्वकै क्रेजी गेम फुटबल मन नपराउने सायद कमै होला। 

तर कलेज, अफिस, आफ्नो खेलको तयारीले गर्दा नियमित रुपमा युरो खेल हेर्न नपाएको उनले बताइन्। 

उनी भन्छिन्, ‘मेरो तेक्वान्दो फोर्थ डान र कलेजको परीक्षाले गर्दा सुरुका गेमहरु हेर्न पाइन। हाइलाइट्स हेरेर गेमबारे भने अपडेट भएको थिएँ। अब परिक्षा पनि सकिएको छ र युरो मज्जाले हेर्ने योजना छ।‘

स्कूल लेभलमा होस्टल बस्दा साथीहरुबीच फुटबल खेलेको सम्झना अझै ताजा रहेको उनले सुनाइन्। 

‘होस्टलमा बस्दा हामी स्कुलका साथीहरु बीच फुटबल खेल्ने गर्थ्यौँ, सानोमा म स्कुलमा हुने प्रायः सबै खेलमा उत्कृष्ट खेलाडी थिएँ,’ उनी सम्झिन्छिन्। 

तेक्वान्दो र फुटबलबीच धेरै फरक रहेको पनि उनले बताइन्। 

‘तेक्वान्दो टफ गेम हो, यो सिंगल खेलिने भएकोले खेलाडीले व्यक्तिगत रुपमा बढी ध्यान दिनुपर्छ। तर फुटबल टीम गेम भएकाले यसमा सबैको उत्तिकै योगदान रहन्छ’, उनी भन्छिन्।

युरोकपमा भने रोमी यसपाली इंग्ल्याण्डलाई समर्थन गर्दै छिन् । आखिर किन त इंगल्याण्ड नै?

‘मलाई इंगल्याण्डको टीम मन पर्छ पहिल्यै देखि इंगल्याण्डकै समर्थन गर्दै आइरहेको छु। पहिले पहिले इंग्याल्ण्डले खेलहरु हार्दा आफू दुःखी हुने गर्थे। किन हो थाहा छैन तर आई एम ब्लाइण्ड सपोर्टर अफ इंग्ल्याण्ड।‘ 

इंग्ल्याण्डको समर्थक भएपनि आफू यसपटक कुनै सिंगल प्लेअरको समर्थनमा नरहेको उनले प्रष्ट पारिन्।

मलाई सिंगल प्लेअर भन्दा पनि टीम गेम मन पर्छ, इंग्ल्याण्डका कमै मात्र खेलाडी चिन्छु तर यो मन पर्ने, ऊ मन पर्ने भन्ने छैन । 

‘तर मलाई पहिले इंग्ल्याण्डका डेविड बेकह्याम असाध्यै मन पर्थ्यो,’ रोमीले कुराकानीको अन्त्यमा सुनाइन्।


ट्रेन्डिङ पोस्ट

Ncell