PahiloPost

May 7, 2024 | २५ बैशाख २०८१

​युरो प्रेडिक्सन : आजको खेलमा यस्तो छ ज्योतिषीको भविष्यवाणी



​युरो प्रेडिक्सन : आजको खेलमा यस्तो छ ज्योतिषीको भविष्यवाणी

काठमाडौँ : युरो कप फुटबलमा आज तीन खेल हुँदैछन्। नेपाली समय अनुसार साँझ  ६ बजेर ४५ मिनेटमा बेल्जियम र आरयल्याण्ड भिड्दैछन्। त्यस्तै दोश्रो खेलमा ९ बजेर ४५ मिनेटमा आइसल्याण्डले हंगेरीको सामना गर्दैछ भने मध्यराती १२ बजेर ४५ मिनेटमा हुने खेलमा पोर्चुगल र अष्ट्रिया एक आपसमा भिड्दैछन।

त्यसो त खेलमा जितहारको कुरा मैदानमा खेल्ने खेलाडीहरुको प्रदर्शनमा भर पर्ने कुरा हो। तर पश्चिमी देशमा पनि खेल कसले जित्ला भनी अनुमान र भविष्यवाणी गर्ने क्रम जारी हुन्छ। सन् २०१० को विश्वकपमा पाउल नामको अक्टोपसले गरेको भविष्यवाणी चर्चामा आएको थियो।

भविष्यवाणी मिल्ने/नमिल्ने आफ्नो ठाउँमा छ। तर ज्योतिष के भन्छन्, यसबारे जानकारी लिन हामी युरोकप २०१६ का खेल अगाडि नै हरेक खेलको ज्योतिषको भविष्यवाणी राख्दैछौँ। 


को जित्ने, को हार्ने?

ज्योतिष डा. सुनिल सिटौला दिउँसो ५ बजेर ३ मिनेटको शासकीय ग्रह अनुसार  पौने ७ बजे हुने खेलमा आरयल्याण्ड विजयी हुने भविष्यवाणी गर्छन्। आयरल्याण्डले बेल्जियमको सामना गर्दैछ। 

त्यस्तै ९ बजेर ४५ मिनेटमा हुने खेलमा हंगेरीले आइसल्याण्डलाई पराजित गर्ने उनको प्रेडिक्सन छ। 

त्यसैगरी १२ बजेर ४५ मिनेटमा पोर्चगुलले अष्ट्रियालाई पराजित गर्ने उनको भविष्यवाणी छ।  

'बराबरी हुने स्थितीलाई समावेस गरिएको छैन', सिटौला भविष्यवाणीबारे भन्छन्, 'प्रश्नमा ज्योतिषको शासकीय ग्रहले जित या हारलाई मात्र पुर्व अनुमान गर्न सकिन्छ।'

सिटौला आफ्नो भविष्यवाणीको पक्षमा तर्क गर्दै भन्छन्, 'ज्योतिषले प्रश्नमाथि चिन्तन गर्दाको लग्नेस, लग्न नक्षत्रेस, चन्द्र रासिस, चन्द्र नक्षत्रेस र वारेसलाई शासकीय मान्छ र त्यसको केही जोड घटाउ गरेर सटीक फलादेश गर्छ।'

सिटौला आफ्ना अधिकांश फलादेश सही भएको दावी गर्छन्। अण्डर २३ विश्वकप फुटबल र अन्डर १९ क्रिकेटमा आफ्नो भविष्यवाणी सही भएको जिकिर गर्छन्।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell