PahiloPost

May 7, 2024 | २५ बैशाख २०८१

दीपकराज गिरी : कोपा अर्जेन्टिनाले, युरो इटालीले जित्छ



स्वेच्छा राउत

दीपकराज गिरी : कोपा अर्जेन्टिनाले, युरो इटालीले जित्छ

विश्व फुटबलमा अहिले दुई ठूला महादेशीय प्रतियोगिता चलिरहेका छन्, कोपा अमेरिका सेन्टेनारियो र युरो कप। नेपाल र नेपालमा रहेका फुटबल खेलाडी, फुटबल समर्थक, सेलेब्रेटी पनि यसमा रमाइरहेका छन्।

त्यसै मध्यका एक हुन् हास्य कलाकार दीपकराज गिरी। युरो कपले कोपा अमेरिकाको चर्चा पछाडि पारेको बेला गिरी भने युरोसँगै कोपा अमेरिका पनि उत्तिकै फलो गर्दैछन्।

२०१४ मा भएको विश्वकपमा उनी आफ्नो हास्य टेलीसिरियल तितो सत्यमा अर्जेन्टिनाको समर्थकका रुपमा प्रस्तुत भएका उनी साँच्चै अर्जेन्टिनाको 'डाइहार्ट' फ्यान हुन्।

त्यसैले यो पटक उनी कोपा अमेरिकामा अर्जेन्टिना सपोर्ट गर्दैछन्। नभन्दै आज बिहान भएको खेलमा अमेरिकालाई उसकै भूमिमा पराजित गर्दै अर्जेन्टिना फाइनलमा पुगिसक्यो। उनलाई अर्जेन्टिनाका मेस्सी र हिग्वेन मनपर्ने खेलाडी हुन्।

दीपकले युरो कप पनि सन् १९९६ को सिजनदेखि हेर्दै आएका छन्। र, त्यही सिजनदेखि नै उनलाई अर्जेन्टिनापछि मन पर्ने फुटबल टोली हो इटाली। त्यसैले युरो कपमा भने इटालीले नै जितोस् भन्ने उनलाई लागेको छ। उनलाई इटालीका पिर्लु र बुफोन मनपर्छन्।

उनले भने, 'इटालीले यो पटक भएको दुवै खेल जितिसक्यो। खुब खुशी लागेको छ।'

दीपक हरेक दिन हुने १२ बजे अघिसम्मको खेल सकेसम्म हेर्न छुटाउँदैनन्। भने,'१२ बजे पछी चाही निद्राले नै हेर्न दिंदैन। त्यसैले बिहान उठेर हाइलाइट्स हेर्छु।'

अहिले पनि फिल्म र अन्य कार्यक्रमहरुमा व्यस्त उनी फुटबलको खबर चाहीँ व्यस्तताका बीच पनि राख्छन्।

उनले पहिलोपोस्टसँगको कुराकानीमा रमाइलो मान्दै फुटबल सम्बन्धी रोचक घटना सुनाए।

'२००६ विश्वकप फुटबलको फाइनलमा फ्रान्स र इटालीको खेल हुँदै थियो। अब आफू इटालीको समर्थक, निकै उत्साहका साथ खेल हेर्दै थिएँ। खुट्टे खाटमा म र अरु ७ जना साथीसँगै बसेका थिए। इटालीले पेनाल्टी सुट आउटमा गोल गरेपछि गोल...... भन्दै उफ्रेको खाट नै भाँच्चियो।'

यति भनिसकेर उनी निकै बेर हाँसे। उनले भने, 'यो पाली युरो कप र कोपा अमेरिकाका जति पनि खेल हेरेँ, ती सबै खासै रमाइलो चाहीँ लागेका छैनन्। एक्लै हेर्दा खासै मज्जा न आउने क्या। अब क्वार्टर फाइनलदेखि चाहिँ साथीभाइसँग बसेर हेर्छु।'



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell