PahiloPost

May 6, 2024 | २४ बैशाख २०८१

​स्पेनको पक्षमा बाजी जितेँ, तर हार्नेले वाचा पूरा गरिदिएनन्



स्वेच्छा राउत

​स्पेनको पक्षमा बाजी जितेँ, तर हार्नेले वाचा पूरा गरिदिएनन्

विश्व फुटबलमा अहिले दुई ठूला महादेशीय प्रतियोगिता चलिरहेका छन्, कोपा अमेरिका सेन्टेनारियो र युरो कप। नेपाल र नेपालमा रहेका फुटबल खेलाडी, फुटबल समर्थक, सेलेब्रेटी पनि यसमा रमाइरहेका छन्।

त्यसै मध्यका एक हुन् कलाकार प्रज्वल सुजल गिरी। माला, क्लासिक, के म तिम्रो होइन र लगायतका फिल्ममा मुख्य भूमिका खेलेका र एक दर्जनभन्दा बढी म्युजिक भिडियोमा अभिनय गरी सकेका गिरीलाई कलाकारिता पछिको सोख हो फुटबल।

गिरीले १९९८ को विश्वकपदेखि लगातार स्पेनलाई सपोर्ट गर्दै आएका छन्। उनको लागि स्पेन जस्तो कप दाबेदार टिम अर्को छैन। फुटबलमा स्पेनपछि अरु कुनै देश सपोर्ट गर्नै परे चाहिँ उनी जर्मनीको नाम लिन्छन्।

स्पेनले यो पटक युरो कपमा भएको मध्य एउटा मात्र खेल हारेकोमा उनी खुशी छन्। भन्छन्, 'क्रोएसियासँग पनि जित्न पर्नेथ्यो।'  
भने, 'अब इटालीसँग भिड्दैछ। जित्छ जस्तो लाग्छ हेरौं के हुन्छ।'

प्रज्वललाई विश्वकपमा होस् या युरो कसैले स्पेन फुटबल टिमको बारे नराम्रो भनेको राम्रो लाग्दैन। भने,'उनीहरुलाई मन नपर्नु आफ्नो ठाउँमा छ। तर कसैलाई कुनै टिम मन नपर्दैमा त्यो नराम्रो नै हुन्छ त?'

गिरी आफू पनि फुटबलका अलराउण्डर हुन्। तर उनलाई किपर बस्न बढी मनपर्छ। उनले सुनाए,'स्कुल पढ्दा फुटबल खेल्थ्यौं। आफ्नो टिमले गोल हान्ला जस्तो नलागेपछि अर्को टिमले हान्दा बल समाउँथे र भाग्थें।'

लामो हाँसोपछि उनले थपे, 'एक पटक त हार्नै लागेपछि अर्कोलाई किपर राखेर आफू खेल्न थालें। तर पनि हारियो' उनलाई स्पेनबाट मनपर्ने खेलाडी डिफेन्डर रामोस र मिड्फिल्डर सिल्भा हुन्।

उनलाई युरोकप स्पेनले नै जितोस् भन्ने लागेको भए पनि यो पटकको प्रदर्शन अझै चित्त बुझेको छैन।

उनी कोपा अमेरिकामा भने अर्जेन्टिनाको समर्थन गर्दै छन्। उनी आफू लुक्स चेन्जमा खुब ध्यान दिन्छन्। 'धेरै फुटबल खेलाडिको लुक्स र हेयार स्टाइलबाट प्रभावित छु,' उनले भने।

'फुटबलमा यो ब्राजिल चाहिँ कहिले पनि मन परेन,'  उनले भने, 'नेमारको अहिले भएको जस्तो कपाल त मैले पहिले नै बनाको।'
उनलाई फुटबल हेर्नसँगै बाजी राख्न पनि उत्तिकै मनपर्छ। साथीहरुसँग रमाइलोको लागि पनि उनि बाजी राख्छन्।

उनको फुटबल सम्बन्धी रोचक घटना यस्तो छ-

२०१० को विश्वकपमा स्पेन र नेदर्ल्याण्ड्स फाइनल खेल्दै थिए। गिरी स्पेन र उनको साथी नेदर्ल्याण्ड्स सपोर्ट गर्दै बाजी राखे। बाजीमा जसले हार्छ उसले जित्नेलाई टोपीदेखि जुत्तासम्म सबै सपिङ गरिदिने कुरा भयो। दुबै सँगै बसेर हेरे पनि। स्पेनले जित्यो। तर प्रज्वलले बाजी जिते पनि उनको साथीले उनलाई कुनै सपिङ गरी दिएनन्।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell