PahiloPost

May 6, 2024 | २४ बैशाख २०८१

युरोको पहिलो चरणमा किन गोल कम भए? विज्ञको नजरमा मुख्य तीन कारण



युरोको पहिलो चरणमा किन गोल कम भए? विज्ञको नजरमा मुख्य तीन कारण

  • सञ्जीव मिश्र, फुटबल विश्लेषक -
यस पटकको युरोमा टीम संख्या बढाएर २४ पुर्‍याइयो। यसअघि १६ टिममात्रै हुन्थे। टीम बढ्दा पनि यसपटक युरोको पहिलो चरणका खेलहरुमा गोल भने कम भए। गोल कम हुनुमा मुख्य तीन कारण छन्। 

कारण नम्बर १ : नयाँ फरम्याट

​मुख्य कारण भनेको नयाँ फरम्याट नै हो। नयाँ शैली लागू भएसँगै कुनै पनि खेल नहार्दा पनि तीन अंकका साथ अर्को चरण प्रवेश गर्न सक्ने सम्भावना थियो। पोर्चुगल जस्तो टीमसमेत तीन खेल बराबरी गर्दै नकआउट चरण प्रवेश गर्यो । 

सबै टीमले त्यसैलाई मध्यनजर गर्दै डिफेन्सिभ फुटबल खेले। प्राय टीमले ६ देखि ८ खेलाडीलाई डिफेन्समा राखेर खेलेका थिए। यस्तै रोनाल्डोले आइसल्याण्डका खेलाडीहरुलाई बस पार्किङ जस्तै गरेर खेलेको भन्दै आक्रोस पोखे । 

कारण नम्बर २ : उत्कृष्ट गोलरक्षक

दोस्रो कारण अहिले युरोपमा खेल्ने सबै गोलरक्षक हरु उत्कृष्ट लयमा छन्। यस युरोमा पनि केही त्यस्ता उत्कृष्ट बचाउ भयो जसले गर्दा गोल हुन सकेन।

कारण नम्बर ३ : स्टार खेलाडी असफल  

अर्को कारण भनेको स्टार खेलाडीहरुले गोल गर्न असफल हुनु हो। क्लब फुटबलमा गोल गर्दै रेकर्ड राख्ने रोबर्ट लेवान्डास्की, थोमस मुलर, ज्लाटन इब्राहिमोभिच, जिरुड जस्ता खेलाडी गोल गर्न असफल रहे। 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell