PahiloPost

May 7, 2024 | २५ बैशाख २०८१

युरो प्रेडिक्सन : आजको खेलमा यस्तो छ ज्योतिषीको भविष्यवाणी, कोपा अर्जेन्टिनाले जित्ने



युरो प्रेडिक्सन : आजको खेलमा यस्तो छ ज्योतिषीको भविष्यवाणी, कोपा अर्जेन्टिनाले जित्ने

युरो कप फुटबल अन्तर्गत आज ६ बजेर ४५ मिनेटमा फ्रान्स र आयरल्यान्ड, ९:४५ मा जर्मनी र स्लोभाकिया तथा १२:४५ मा  हंगेरी र बेल्जियम भिड्दैछन्। 

त्यसो त खेलमा जितहारको कुरा मैदानमा खेल्ने खेलाडीहरुको प्रदर्शनमा भर पर्ने कुरा हो। तर पश्चिमी देशमा पनि खेल कसले जित्ला भनी अनुमान र भविष्यवाणी गर्ने क्रम जारी हुन्छ। सन् २०१० को विश्वकपमा पाउल नामको अक्टोपसले गरेको भविष्यवाणी चर्चामा आएको थियो।

भविष्यवाणी मिल्ने/नमिल्ने आफ्नो ठाउँमा छ। तर ज्योतिष के भन्छन्, यसबारे जानकारी लिन हामी युरोकप २०१६ का खेल अगाडि नै हरेक खेलको ज्योतिषको भविष्यवाणी राख्दैछौँ। 

को जित्ने, को हार्ने?

ज्योतिष डा. सुनिल सिटौला साँझ ६ बजेर ५७ मिनेटको शासकीय ग्रह अनुसार फ्रान्सले आयरल्यान्डलाई हराउने भविष्यवाणी गर्छन्। त्यस्तै जर्मनीले स्लोभाकियालाई हराउने उनको भविष्यवाणी छ।

मध्यराती १२ बजेर ४५ मिनेटमा हुने खेलमा भने बेल्जियमले हङ्गेरीलाई हराउने उनको भविष्यवाणी छ। 

सिटौला आफ्नो भविष्यवाणीको पक्षमा तर्क गर्दै भन्छन्, 'ज्योतिषले प्रश्नमाथि चिन्तन गर्दाको लग्नेस, लग्न नक्षत्रेस, चन्द्र रासिस, चन्द्र नक्षत्रेस र वारेसलाई शासकीय मान्छ र त्यसको केही जोड घटाउ गरेर सटीक फलादेश गर्छ।'

त्यस्तै कोपा अमेरिकाको भोलि हुने फाइनल खेलमा अर्जेन्टिनाले चिलीलाई हराउने उनको भविष्यवाणी छ। 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell