PahiloPost

May 7, 2024 | २५ बैशाख २०८१

हाम्रो पात्रोको परिमार्जित संस्करण सार्वजनिक, के के छ नयाँ सुविधा?



हाम्रो पात्रोको परिमार्जित संस्करण सार्वजनिक, के के छ नयाँ सुविधा?

​काठमाडौँ : नेपालको सबैभन्दा धेरै डाउनलोड भएको एन्ड्रोइड मोबाइल एपमध्ये एक हाम्रो पात्रोले आफ्नो नयाँ परिमार्जित संस्करण अपडेट गरेको छ।
 
परिमार्जित संस्करणमा सम्बन्धित समाचारहरु हेर्न पाइने व्यवस्था गरिएको छ। यसलाई नेपाली न्यूज माइनिङ्ग इन्जिनले स्वचालित रुपमा छनौट गर्ने डेभलपरको दावी छ।
 
नेपाली भाषा संरचना सुहाउँदो एउटा बहुआयामिक र सम्पूर्ण 'अल्गोरिदम' मेसिन 'नेपाली न्यूज माइनिङ्ग इन्जिन' तयार पारिएको र यसले नेपालका सम्पूर्ण अनलाइन समाचार पोर्टलहरुमध्येबाट पाठकको जिज्ञासा र इच्छा अनुसारका समाचार प्रस्तुत गर्नसक्ने सिइओ शंकर उप्रेतिले बताए।

त्यसैगरी नयाँ अपडेटमा जस्तो इन्टरनेट क्षमता त्यस्तै अवस्थामा खुलिदिने तस्बिरको सुविधा राखिएको छ भने 'हाम्रो पञ्चाङ्ग' श्रृंखलालाई नयाँ रुप दिएर दिन विशेषको तिथिमात्र  नदेखाइ एउटा तिथिको अन्त्य र अर्को तिथीको शुरुवात हुने समय पनि देखाउने बनाइएको छ।
 
त्यसैगरी अब हाम्रो पात्रोमा तरकारी बजार अन्तर्गत विभिन्न तरकारीको थोक र खुद्रा मूल्य पनि हेर्न पाइनेछ। 'टुडे' विजेटमा पनि लोडसेडिङ्ग विजेटका नोटिफिकेशनहरु थप गरिएको हाम्रो पात्रोले जनाएको छ। 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell