PahiloPost

May 7, 2024 | २५ बैशाख २०८१

​किन हार्‍यो बेल्जियम ? सञ्जीव मिश्रले दिए ५ कारण



गोविन्दराज नेपाल

​किन हार्‍यो बेल्जियम ? सञ्जीव मिश्रले दिए ५ कारण

फ्रान्समा जारी युरोकप २०१६ अन्तर्गत दोस्रो क्वाटर फाइनलमा वेल्सले टाइटल फेभरेट बेल्जियमलाई स्तब्ध पार्‍यो। पहिलो पटक युरोकप खेलिरहेको वेल्सले विश्व वरियताको दोस्रो स्थानमा रहेको बेल्जियमलाई ३–१ ले हरायो। १३ मिनेटमै एक गोलले पछि परेको वेल्सले उत्कृष्ट कम ब्याक गर्दै बेल्जियम विरुद्ध तीन गोल फर्कायो। वेल्सको जितमा कप्तान एस्ले विलियम्स, रोब्सन कानु र साम भोक्सले गोल गरे।
बेल्जियमका लागि राड्दा नाइङगोलानले बेल्जियमका लागि एक गोल गरे।

किन हार्‍यो त बेल्जियम? यस्तो छ नेपाली फुटबल विश्लेषक सन्जिव मिश्रको पाँच तर्क


. वेल्सको ग्रेट वाल डिफेन्स

वेल्सको डिफेन्स टाइट थियो । उनीहरुले कुनै पनि बेला बेल्जियमका खेलाडीलाई पेनाल्टी एरियाभित्र छिर्न दिएनन्। वेल्सले प्राय ६ देखि ८ खेलाडीलाई डिफेन्समा खडा गरेको थियो। वेल्सको डिफेन्स ग्रेट वाल जस्तै थियो।
 

. विलियमसको गोल टर्निङ पोइन्ट

एक शून्यले पछि परेको अवस्थामा पहिलो हाफमै बराबरी गोल गरेपछि वेल्स पोजिटिभ रुपमा खेलमा फर्कियो। आरोन राम्सेको कर्नर बलमा कप्तान एस्ले विलियम्सले गरेको गोल नै खेलको टर्निङ पोइन्ट थियो। त्यसपछि बेल्जियमले वेल्समाथि दबाब राख्न सकेन।
 

. रोब्सन कानुको अनौठो गोल

वेल्सका लागि रोब्सन कानुले गरेको दोस्रो गोल अनौठो गोल थियो। फुटबल इतिहासमै त्यस्तो गोल विरलै देख्न पाइन्छ। कानुले जसरी बल टर्न गराएर गोल गरे, बेल्जियमका खेलाडी त्यसमा मुख दर्शकमात्र बने।
 

. विनिङ ह्याभिट भएका खेलाडी टीम

सुरुमा वेल्सका गारेथ बेल र आरोन राम्से मात्र चर्चामा थिए। तर वेल्समा अधिकांश खेलाडी इंग्लिस लिगमा खेल्छन् । उनीहरुलाई फेभरेट टीमलाई पनि अन्डर डग टीमले हराउन सक्छ भन्ने राम्रो सँग थाहा थियो। टप लिगमा खेलेको अनुभव र विनिङ ह्याभिट भएका खेलाडी नै वेल्सको जितको आधार बनयो।

. बेल्जियमको डिफेन्स कमजोर, वेल्सको काउन्टर अट्याक फास्ट

खेल अगाडि बढ्दै जाँदा वेल्सले आक्रमण गर्न सक्छ भन्ने कुरा बेल्जियमका खेलाडीहरुले सोचनन् । त्यो नै उनीहरुको कमजोरी रह्यो। वेल्सका गारेथ बेल लगायत खेलाडीको काउन्टर अट्याक फास्ट थियो। यता मुख्य डिफेन्डरद्वय थोमस भर्मालेन र जन भर्टोङ्गेनको अनुपस्थितिले बेल्जियमको डिफेन्स लाइन कमजोर बनेको थियो।
 

यी बाहेक,

बेल्जियमका कप्तान एडेन हाजार्डले इन्डिभिजुयल रुपमा खेल्न खोजेका थिए। तर खेलमा पछि परिसकेको अवस्थामा उनको प्रयास सफल हुन सकेन। वैकल्पिक खेलाडीको रुपमा मैदान प्रवेश गरेका माराउने फेलेइनीले गोलको अवसर खेल फालेका थिए।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell