PahiloPost

Sep 15, 2025 | ३० भदौ २०८२

मदन पुरस्कारका लागि सात श्रेष्ठ पुस्तकको नाम सार्वजनिक, कसले जित्ला यस पटक पुरस्कार ?



मदन पुरस्कारका लागि सात श्रेष्ठ पुस्तकको नाम सार्वजनिक, कसले जित्ला यस पटक पुरस्कार ?

काठमाडौँ : मदन पुरस्कार गुठीले यस वर्षको पुरस्कारका लागि मनोनयनमा परेका श्रेष्ठ सात पुस्तकको नाम सार्वजनिक गरेको छ।

 २०७२ सालदेखि मदन पुरस्कारका लागि प्राप्त भएका पुस्तकहरू मध्येबाट प्रारम्भिक छनौट गरी ‘श्रेष्ठ सूची’ तयार गरी सार्वजनिक गर्ने नीति-नियम गुठीले बनाएको हो।

गुठीका सदस्य सचिव कुन्द दीक्षितले जारी गरेको विज्ञप्ति अनुसार यिनै पुस्तकहरू मध्येबाट सर्वश्रेष्ठ एक पुस्तकलाई २०७२ सालको मदन पुरस्कार प्रदान गरिनेछ।

अकारादि क्रममा मदन पुरस्कार गुठीबाट घोषणा गरिएका श्रेष्ठ सात पुस्तकहरू यस प्रकार छन्:-


१)    आमोई - भुवनहरी सिग्देल
२)    ऐना - रामलाल जोशी
३)    चीरहरण - नीलम कार्की निहारिका
४)    निर्वाण - घनश्याम खड्का
५)    प्रश्नहरूको कारखाना - सरिता तिवारी
६)    फिरफिरे - बुद्धिसागर
७)    सिमानाका रङ्ग सिमानाका तरङ्ग - दामोदर पुडासैनी ‘किशोर’

कसले जित्ला?



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell