PahiloPost

May 7, 2024 | २५ बैशाख २०८१

यसकारण जर्मनीले उपाधि जित्नेमा कुनै शंका छैन : नवीन पाण्डे, फुटबल विश्लेषक



यसकारण जर्मनीले उपाधि जित्नेमा कुनै शंका छैन : नवीन पाण्डे, फुटबल विश्लेषक

काठमाडौं : १५ औं संस्करणको युरोकप अहिले फ्रान्समा चलिरहेको छ। अब सेमिफाइनल र फाइनल गरी दुई खेल मात्र बाँकी छ, ५१ मध्ये ४९ खेल सकिएका छन्। तर युरोकपको असली मज्जा अब सुरु हुने फुटबल विश्लेषक नवीन पाण्डेको भनाइ छ।

सन् २००८ को युरोकप फाइनल स्टेडियममै गएर लाइभ हेरेका पाण्डे भन्छन्, 'यसअघिका खेलहरु विशेष साथीहरुसँग मात्र हेरियो, अबका खेलहरु सबै साथीहरु जम्मा भएर हेर्ने योजनामा छु। बल्ल युरोकपको असली मज्जा सुरु हुँदैछ।'

युरोकप लगायत ठूला फुटबल प्रतियोगिता हेर्नका लागि उनको घरमा छुट्टै रुम समेत व्यवस्था गरेका छन्।

पाण्डेलाई युरोकपले यतिसम्म्म छोएको छ कि युरोकपकै लागि भनेर रुटिन बनाएर हेर्ने गर्छन्। युरोकपले गर्दा मेरो डे टु डे काम नै ह्याम्पर भइसक्यो । स्पेसियल्ली जर्मनीको गेम आउँदा अगाडिदेखि नै पूरै वार्मअप गरेर एनालाइसिसहरु सुनेर बुझेर हेरिन्छ। यतिसम्म कि खानासमेत मिलाएर राखिन्छ।

सन् २००८ मा अष्ट्रियाको भिएनामा भएको स्पेन र जर्मनी बीचको फाइनल खेल पाण्डेले स्टेडियममा लाइभ हेरेका थिए। जर्मनीको डाइहार्ड फ्यान उनी जर्मनी हार्दा दुःखी भएको अनुभव सुनाउँछन्, 'त्यतिबेलाको लाइभ हेर्नुको रमाइलो नै छुट्टै थियो। तर जर्मनीले फाइनल हार्दा भने केही दुःख लाग्यो।'

जर्मनी हार्नुको कारण समेत दिन्छन् उनी, 'कप्तान बालाकले राम्रो गर्न सकेन। क्वालिटी प्लेअर हो तर खेल्न सकेन। जर्मनी नराम्रो भन्दा पनि स्पेन राम्रो थियो। स्पेनको पिक टाइम थियो टिकीटाका शैली राम्रो थियो।'

र यो पटक भने जर्मनीले नै युरोकपको उपाधि जित्ने उनको दाबी छ। त्यतिबेला ३ सय युरोमा टिकट काटेर फाइनल हेर्न गएका पाण्डेको टिकटलाई २ हजार युरो दिने मान्छे आएको थियो।

'फ्यान क्लबबाट अप्लाई गरेर ३ सयमा टिकट पाएको थिएँ, तर मलाई २ हजार युरोसम्म दिने प्रस्ताव आएको थियो,' उनले सुनाए, 'परिवारसँग गएकोले मैले टिकट बेचिनँ, साथीहरुसँग गएको भए बेच्थेँ होला। २ हजार तिरेर पनि समर्थक खेल हेर्न आउँछन्।'

अहिले जर्मनीबाहेक अरुको खेल त खेल जस्तो नलाग्ने बताउँछन् उनी। 'जर्मनको लिग पनि राम्रो छ । यदि जर्मनी जितेन भने देअर इज समथिङ रङ,' उनको भनाइ छ।

ब्लाइण्ड सपोर्टर पाण्डे जर्मनीसँग भावनात्मक रुपमा अट्याच भएकाले पनि यसो भन्छन् । उनी १९९६ देखि २०११ सम्म जर्मनीमै बसेका थिए ।
१४ वर्ष जर्मनीमा बिताउँदा प्लेअरसँग पनि चिनजान भयो। खेलाडीहरुको बारेमा पनि जानकारी भयो। त्यसैले भावनात्मक रुपमा अट्याच भए।


 

पहिला नेदरल्याण्डसको समर्थक, अहिले जर्मनीको डाइहार्ड फ्यान

सुरुमा उनी नेदरल्याण्डसको समर्थक थिए। नेपालमा भर्खर भर्खर टेलिभिजन सेट भित्रँदा सन् १९८६ को विश्वकप चलिरहेको थियो। उनले सम्झिए, 'मलाई त्यति बेला डच टीम खुबै मन पर्थ्यो। रुड गुलिट, मार्को भान बास्टेन, क्लुइभर्ट जस्ता उत्कृष्ट खेलाडीहरु थिए र खेल पनि राम्रो थियो। रुड गुलिटलाई त मैले पर्सनल्ली भेटेको पनि छु।'

सुरुमा उनलाई जर्मनीको टीम खासै मन पर्ने थिएन, जर्मनी टुर्नामेन्ट टीम जस्तो मात्र लाग्थो। जर्मनीमा खासै तेस्तो केही थिएन, जर्मनी लिगका बारेमा पनि खासै सुनिदैनथ्यो ।

कसरी भए त पाण्डे जर्मनीको समर्थक ? यसमा पाण्डेको छुट्टै कहानी छ।

सन् २००० मा जर्मनी युरोकपको समूह चरणबाटै आउट भयो। जर्मनी एकदमै डाउन भयो। त्यसको दुई वर्षपछि जापान र कोरियामा भएको विश्वकपमा उपविजेता बनेपछि जर्मन फुटबलको लागि क्याटास्ट्रोफी भएको थियो।

'त्यतिखेर म जर्मनीमै थिएँ। जर्मनीमा फुटबल फ्यान क्लब थियो। अनि म पनि फ्यान बन्छु भनेर मैले पनि फ्यान क्लब ज्वाइन गरेको थिएँ,' 
त्यसपछि मात्र जर्मनीले युथ फुटबलमा लगानी गर्न थालेको पाण्डे बताउँछन्। 'जर्मनीले युथ प्लेअरहरु डेभलप गर्न थाल्यो। अनि मात्र जर्मनीको फुटबल राम्रो हुँदै आएको हो,' उनले रहस्य खुलाए, 'त्यसपछि म पनि जर्मनीको डाइहार्ट फ्यान बनेँ।'


 

जर्मनीको फुटबल कल्चर र नेपालको मन्दिर संस्कृति उस्तै

पाण्डे जर्मनीको फुटबल कल्चरलाई नेपालको संस्कृतिसँग तुलना गर्छन्। जर्मनीमा फुटबल भनेको नेपालमा नौरथा भने जस्तै हो। जब नेपालमा नौरथा आउँदा एक प्रकार माहौल बन्छ, ठीक त्यस्तैगरी जर्मनीको फुटबल माहौल छ।

हरेक प्रतियोगिता हुँदा प्रत्येक रेस्टुराँमा ठुलो स्क्रिन राखेको हुन्छ। त्यहाँ समर्थक, विपक्षी टीमका सबै आउने गर्छन् एउटा माहौल नै क्रिएट हुन्छ। फेस्टिभल जस्तै।

जर्मनीको फुटबल कल्चर र नेपालको मन्दिर संस्कार उस्तै हो। त्यहाँको फुटबल रेलिजन जस्तै छ।

नेपालको कन्टेस्टमा दशैँमा सबैले खसी किन्छन् महँगो तिरेर भएपनि, ठीक त्यस्तै जर्मनीमा पैसाको कुनै पर्वाह नै नगरी फुटबल हेर्छन्।

विश्वकप हेर्दाको रमाइलो क्षण

नेपालमा हुँदा पनि सुरुदेखि नै प्रतियोगिता हरु हेर्थे।  त्यतिबेलाको माहौल एकदमै रमाइलो थियो । अहिले सम्झँदा पनि रमाइलो लाख्छ । एउटा घरमा मात्र टीभी हुन्थ्यो, सबैजना जम्मा भएर हेथ्र्यौ। स्पेसिएल्लटी त्यही अकेजनका लागि भनेर भेटेर गफ हुन्थ्यो। भेट्ने माध्यम हुन्थ्यो।
 
त्यतिबेलाको एउटा रोचक घटना यसरी सुनाउँछन् पाण्डे, 'एक दिन एउटा साथी टिभी हेरेर फर्कँदै थियो, बाटोमा ढुङ्गेधारा थियो। त्यसबेला अचम्को प्रस्ताव आयो, अर्को म्याचमा जसले हार्छ, उसले यो धारोमा राति सबै लुगा खोलेर नुहाउनुपर्छ। उसले अर्को म्याच हार्‍यो, अनि नुहायो पनि।'

जर्मनीले युरो २०१६ जित्ने कारण

इटलीसँगको खेलबाहेक जर्मनीको यसअघिका हरेक खेलमा बल पोसेसन ओभर ६० छ। जर्मनी हरेक फर्मेसनमा खेल्न सक्छ। फ्रान्स विरुद्धको सेमिफाइनलमा माट्स हुमेल्स, मारियो गोमेज, सामी केडिरा नखेलेपनि अन्य प्रतिभाशाली खेलाडी छन्।

लरे सेन अगाडी खेल्ने सम्भावना छ। त्यसले अझ गेमलाई एफेक्टिभ बनाउँछ जस्तो लाग्छ।

यस्तै फ्रान्सले अहिलेसम्म ४–२–३–१ शैली भएको टीमसँग खेलेको छैन। जर्मनीले यही शैलीमा खेल्छ। गोमेज आउट भएका कारण ४–४–२ मा पनि खेल्न सक्छ। इटलीसँग खेल्दा यो शैली पनि राम्रो देखियो। फर्मेसन पनि एड्भान्टेज छ जर्मनीलाई। अर्को कुरा के छ भने जर्मनीको टीम नै बलियो छ। पुरै टीममा एकसेएक खेलाडी हुन्छन्, सेकेण्ड खेलाडी भन्ने नै हुँदैन। बलियो पक्ष भनेकै बेन्च पनि उत्तिकै बलियो छ त्यो नै एड्भान्टेज छ।

गोमेज आउट हुनुले खासै असर पर्दैन। गोमेजको स्थानमा मुलर खेलेर सुरलेलाई लेफ्टमा खेलाउन सम्भावना छ।

यसपाली फ्रान्ससँग इतिहास हेर्दा पनि राम्रो छ। इटलीसँग जस्तो नराम्रो छैन। इटलीसँग जर्मनहरु अलि डराउँछन्। जर्मनीसँग खेल्दा फ्रान्सको एडभान्टेज भनेको होम ग्राउण्ड हो। वान टु वान प्लेअर तुलना गर्दा नै जर्मनी राम्रो छ। फ्रान्सको एन्टोनी ग्रिज्मन मात्र जर्मनीका लागि बाधक बन्न सक्छन्, उसले चाँही केही गर्न सक्छ।

वेल्स आएको भए जर्मनीलाई केही गाह्रो पर्न सक्थ्यो। तर वेल्सलाई हराएर पोर्चुगल फाइनल पुगिसक्यो। जर्मनीलाई प्रोब्लम हुँदैन। पोर्चुगल जर्मनीका लागि सामान्य प्रतिद्वन्द्वी हो। 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell