PahiloPost

May 2, 2024 | २० बैशाख २०८१

ग्रिजम्यानले गरे फ्रान्सका लागि १३ औँ गोल, प्रतियोगिताका टप स्कोरर



ग्रिजम्यानले गरे फ्रान्सका लागि १३ औँ गोल, प्रतियोगिताका टप स्कोरर

आयोजक फ्रान्स र जर्मनीबीच युरो २०१६ को फाइनलमा स्थान पाउन भएको खेलमा जर्मनीको दबदबा रह्यो। तर अन्तिममा गोल र नतिजा भने फ्रान्सको पक्षमा रह्यो।

खेलको मध्यान्तर अघिको स्टपेज टाइममा पाएको कर्नरलाई क्लियर गर्न खोज्दा स्वान्सटाइगरले ह्यान्ड गरे र इटालियन रेफ्रीले पेनाल्टी दिए। पेनाल्टीलाई गोलमा परिणत गरे एन्टोइनी ग्रिजम्यानले। 

त्यस्तै मध्यान्तरपछि पनि ग्रिजम्यानले नै एक गोल थपे। ग्रिजम्यानको यो फ्रान्सका लागि १३ औँ गोल थियो।  युरो २०१६ मा भने उनको गोल संख्या छ पुगेको छ। जारी प्रतियोगितामा उनी ६ गोलका साथ टप स्कोरर हुँदै गोल्डेन बुटका दाबेदार बनेका छन्। 

पोर्चुगलका क्रिस्टियानो रोनाल्डोको भने ३ गोल रहेको छ। 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell