PahiloPost

May 2, 2024 | २० बैशाख २०८१

​युरोकप २०१६ उपाधिका लागि फ्रान्स र पोर्चुगल भिड्ने



​युरोकप २०१६ उपाधिका लागि फ्रान्स र पोर्चुगल भिड्ने

१५ औं संस्करणको युरोकप २०१६ को उपाधिका लागि आयोजक फ्रान्स र पोर्चुगल भिड्ने भएका छन्। शुक्रबार बिहान सम्पन्न खेलमा विश्व च्याम्पियन जर्मनीलाई दोस्रो सेमिफाइनलमा २–० ले हराउँदै फ्रान्सले पोर्चुगलसँगको भिडन्त पक्का गरेको हो। 

पोर्चुगल पहिलो सेमिफाइनलमा वेल्सलाई पराजित गर्दै फाइनल पुगेको हो। फ्रान्स युरोकपको फाइनलमा पुगेको  १६ वर्षपछि यो पहिलो पटक हो। सन् २००० मा दोस्रो पटक युरो उपाधि जितेको फ्रान्स त्यसपछिका संस्करणमा क्वाटरफाइनलबाट अगाडी बढ्न सकेको थिएन। गत संस्करणमा फ्रान्स स्पेनसँग पराजित हुँदै क्वाटरफाइनलबाटै बाहिरिएको थियो।

यस्तै पोर्चुगल फाइनल पुगेको यो दोस्रो पटक हो भने १२ वर्षपछि पहिलो पटक। अहिलेसम्म उपाधि जित्न नसकेको पोर्चुगल सन् २००४ मा घरेलु मैदानमै भएको युरोकपमा उपविजेता बनेको थियो।

तेस्रो पटक युरोकपको आयोजना गरेको फ्रान्स सन् १९८४ मा दोस्रो पटक युरो आयोजना गर्दा पहिलो पटक चयामिपयन बनेको थियो।
फ्रान्समा जारी प्रतियोगितामा दुवै टोली अपराजित रहँदै फाइनल पुगेका हुन्। 

समूह चरणमा दुई जित र एक बराबरी नजिता निकाल्दै समूह विजेता बनेको फ्रान्सले प्रिक्वाटरफाइनलमा आयरल्याण्डलाई तथा क्वाटरफाइनलमा आइसल्याण्डलाई पराजित गरेको थियो।

समूह चरणमा तीन वटै खेल बराबरी गर्ने एक्लो टीम बनेको पोर्चुगल भाग्यको साथ पाउँदै नकआउट चरणमा प्रवेश गरेको थियो। ३ अंक जोडेको पोर्चुगल समूह चरणमा तेस्रो भएको थियो । तस्रो स्थानमा रहेका ६ मध्ये उत्कृष्ट चारमा पर्दै पोर्चुगल अन्तिम १६ मा पुगको थियो। 

प्रिक्वाटरफाइन क्रोएसियालाई हराएको पोर्चुगलले क्वाटरफाइनलमा पोल्याण्डलाई पेनाल्टीसुटआउटमा पराजित गरेको थियो।

सुरुवाती पाँच खेलमा निर्धारित ९० मिनेट भित्र नतिजा निकाल्न नसकेको पोर्चुगलले सेमिफाइनलमा भने वेल्सलाई ९० मिनेटभित्रै हराएको थियो। 

१५ औं संस्करणको उपाधिका लागि आगामी अाइतबार राति फ्रान्स र पोर्चुगल बीच सेन्ट डेनिसस्थित स्टेड डे फ्रान्समा प्रतिस्पर्धा हुनेछ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell