PahiloPost

May 6, 2024 | २४ बैशाख २०८१

फ्रान्सलाई भाग्यको पनि साथ, फुटबल विश्लेषकको नजरमा यी कारणले चुक्यो जर्मनी



फ्रान्सलाई भाग्यको पनि साथ,  फुटबल विश्लेषकको नजरमा यी कारणले चुक्यो जर्मनी

  • सन्जिव मिश्र, फुटबल विश्लेषक
विश्व विजेता जर्मनी र फ्रान्स बीचको दोस्रो सेमिफाइनल खेल रोमाञ्चक हुने अपेक्षा गरिएको थियो। तर समर्थकहरुले जुन अनुमान गरेका थिए त्यो पूरा हुन सकेन। भाग्यको साथ र जर्मनी स्वयंमले गल्ती गर्दा फ्रान्सले जर्मनीलाई २–० ले हरायो। खेल जित्दा पनि फ्रान्सले सोचे अनुरुपको प्रदर्शन गर्न सकेन।

यता जर्मनीले जसरी खेल्यो, यसले फ्रान्सको प्रदर्शन नै छायाँमा पारिदियो। जर्मनीले फ्रान्सलाई चर्को दबाबमा राख्न सफल भयो। खेल हार्दा पनि जर्मनीले फ्रान्सलाई खुलेर खेल्न दिएन। मैदानमा आधा भागमा मात्र खेल भए जस्ते देखिन्थ्यो। फ्रान्सका फरवार्डहरु एन्टोनी ग्रिज्मन, ओलिभर जिरुड डिफेन्स लाइनभन्दा केही दुरी मात्र अघि थिए। ग्रिज्मन र पोग्वाले राम्रो प्रदर्शन गरेपनि अघिल्ला खेलहरुमा राम्रो प्रदर्शन गर्दै आएका ओलिभर जिरुड र दिमित्री पायट जर्मनी विरुद्ध चल्न सकेनन्।

यता विश्व विजेता जर्मनीको टीम सदाबाहर देखियो। पहिलो रोजाईका २/३ खेलाडी नहुँदै पनि आफ्नो स्वभाविक प्रदर्शन गर्न सफल रह्यो। खेल हार्दा पनि ती खेलाडीहरुको अभाव देखिएन। नयाँ खेलाडीहरु खेलाउँदा पनि उनीहरुले राम्रो प्रदर्शन गर्न सफल रहे।

विश्व फुटबलमै जर्मनी बिग नेम हो, यति हुँदाहुँदै पनि भाग्यको साथमा नतिजा फ्रान्सको पक्षमा गयो। फ्रान्सले होम ग्राउण्डको एड्भान्टेजको पनि सदुपयोग गर्यो र इतिहासलाई कायमै राख्यो। ठूला प्रतियोगितामा फ्रान्सले अपराजित खेल संख्या १८ पुरयाएको छ। जर्मनी र फ्रान्सको खेलमा जुन प्रतिस्पर्धा र रोमाञ्चकता हुनुपर्ने थियो त्यो चाहीँ देखिएन। 

यति हुँदा हुँदै पनि जर्मनी आयोजक फ्रान्ससँग हार्न पुग्यो। खेल जित्नको लागि जुन गोल चाहिन्छ त्यो फ्रान्सले पुरा गर्यो।
फ्रान्ससँग जर्मनी हार्नुका कारणहरु यसप्रकार छन्।

१.  स्वाइन्स्टाएगरको ह्याण्ड बल
इटलीविरुद्धको खेलमा जर्मनीका बोएटेङले जुन गल्ती गरेका थिए, फ्रान्सविरुद्ध पनि उक्त गल्ती दोहोरियो। यसपटक कप्तान बास्टि स्वाइन्स्टाइगरले नै पेनाल्टी एरियामा जुन ह्याण्ड गरे तेही गल्ती जर्मनीको लागि घातक बन्यो। पहिलो हाफको पनि अतिरिक्त समयमा उक्त हयाण्ड बल पछि प्राप्त पेनाल्टीमा ग्रिज्मनले गोल गरेपछि जर्मनी पहिलो हाफमौ एक गोलले पछि परयो।

२. बोएटेङको चोट
दोस्रो हाफमा प्रभावशाली खेलाडी जेरोम बोएटेङ आफैँ घाइते हुँदै मैदान बाहिरिए। बोएटेङ हुँदा जर्मनीले प्रभावशाली प्रदर्शन गर्दै फ्रान्सलाई दबाब राख्न सफल भएको थियो। बोएटेङ बाहिरिएपछि जर्मनीको प्रदर्शन केही खस्केको थियो।

३. डिफेन्सको गल्ती
फ्रान्सले दोस्रो गोल गर्दा जर्मनीको डिफेन्सलाइनको कमजोरी रह्यो। फ्रान्सका ग्रिज्मनले गोल गर्दा जर्मनीका डिफेन्डर जोनास हेक्टर, बेनेडिक्स हाउडेज र मुस्ताफीको गल्ती प्रस्टै देखियो। जर्मनीले खेलअवधीभर बल पोसेसन आफ्नो नियन्त्रण राखेपनि फ्रान्सले जर्मनीको डिफेन्सको कमजोरीलाई क्याच गर्दै गोल गर्न सफल भयो।

इटली र फ्रान्ससँग खाएका दुई पेनाल्टी गोल बाहेक मानुएल नोएले जारी युरोपकमा खाएको यो पहिलो गोल थियो। यसमा नोएको पनि मिस्टेक देखियो।

४. फ्रान्सका गोलरक्षक र डिफेन्सको उत्कृष्ट प्रदर्शन
जर्मनीका कप्तानले गल्ती गर्दा फ्रान्सका कप्तान समेत रहेको गोलरक्षक ह्युगो लोरिसले उत्कृष्ट प्रदर्शन गरे। उनले जर्मनीका आक्रमणलाई उत्कृष्ट बचाउ गरेका थिए। यस्तै डिफेन्समा पनि फ्रान्सको प्रदर्शन राम्रो थियो। विशेषगरी ब्लइस मटुइडी र सिसोको प्रदर्शन राम्रो थियो।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell