PahiloPost

Apr 19, 2024 | ७ बैशाख २०८१

​नेपालन्युजको समाचार कक्षमै पत्रकारको धर्ना



​नेपालन्युजको समाचार कक्षमै पत्रकारको धर्ना

काठमाडौँ : मर्कन्टाइल कम्युनिकेसन्सले सञ्चालन गरिरहेको नेपालको पहिलो न्युजपोर्टल नेपालन्युजमा हिजोदेखि समाचार अपलोड बन्द गरिएको विरोधमा श्रमजीवी पत्रकार र कर्मचारीले समाचार कक्षमै धर्ना सुरु गरेका छन्।

कर्मचारीलाई थाहै नदिई व्यवस्थापन पक्षले एकाएक न्युजपोर्टल बन्द गरेकोमा नेपाल पत्रकार महासंघले गम्भीर ध्यानाकर्षण भएको जनाएको छ। महासचिव उजिर मगरले भने, ‘श्रमजीवी पत्रकार र कर्मचारीलाई थाहै नदिई व्यवस्थापन पक्षले चालेको यो कदम श्रमजीवी पत्रकार ऐनको गम्भीर उल्लंघन र सम्पूर्ण श्रमजीवी पत्रकारको अपमान हो।‘

महासंघले धर्नाप्रति ऐक्यवद्धता जनाउँदै माग पूरा गर्न व्यवस्थापन पक्षलाई भनेको छ।

महासचिव मगरसहित महासंघको प्रतिनिधि मन्डलले आज धर्नास्थलमा गई व्यवस्थापन र आन्दोलनरत कर्मचारीहरुलाई भेटेको थियो।

श्रमजीवी पत्रकारको माग र महासंघको आग्रहलाई वेवास्ता गरिए त्यसबाट उत्पन्न हुने परिस्थितिको जिम्मेवार स्वयं व्यवस्थापन पक्ष हुने चेतावनी महासंघले दिएको छ। 


 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell