PahiloPost

May 6, 2024 | २४ बैशाख २०८१

राजनीति गरेको मान्छे भन्दैमा न्यायाधीश बनाउन हुन्न भन्ने छैन : सुशीला कार्की



राजनीति गरेको मान्छे भन्दैमा न्यायाधीश बनाउन हुन्न भन्ने छैन :  सुशीला कार्की

  • सुशीला कार्की -
न्यायाधीश नियुक्तिमा समावेशीको कुरा आएको छ। अहिले ११ जना सिफारिस भएका न्यायाधीश नियुक्तिमा भएको जति समावेशी गरिएको छ। नेवार जनजाती परेको छ। तराइको एकजना पर्नुभएको छ। महिला एक जना पनि परेको छ। त्यसमा शंका गर्नुपर्ने छैन।

जहाँसम्म सिफारिसमा परेकी सपना प्रधान मल्लको कुरा छ। सपनाको कुरामा जति गाली गर्नुछ, मलाई गर्नुस्। कल्याण श्रेष्ठ (पूर्व प्रधानन्यायाधीश) लाई पनि नगर्नुस्, त्यो मन्त्री के (अग्नि) खरेल, उसलाई पनि नगर्नुस्। यो मेरो एजेण्डा थियो।

यसमा म प्रष्टीकरण दिन्छु। यस्तो प्रष्टीकरण म अरुसँग भेट्दा पनि दिन्छु।

अन्तर्राष्ट्रिय महिला न्यायाधीशहरुको सम्मेलन प्रत्येक २ वर्षमा हुन्छ। कहिले अमेरिकामा, कहिले तान्जानियामा हुन्छ। त्यहाँ हामीहरु एकपटक बोल्न उठ्यौँ। इन्ट्रोडक्सन भनेर। उठ्दा तिमीहरु कहाँ, के भन्दा नाम, परिचय दियौँ।

अनि कति जना न्यायाधीश छन् तिमीहरुकोमा भन्दा ७ जना भन्यौँ। सिङ्गै हल हाँस्यो। एउटा सानो मुस्लिम राष्ट्रमा पनि डेढ सय छन्- महिला न्यायाधीशहरु। बंगलादेशमा अढाई तीन सय छन्। भारतमा त्यस्तै छ। कुनै न्यायालयमा एउटा मात्रै पुरुष हुन्छ, सबै महिला हुन्छन्। र त्यो पुरुषलाई परिचय गराउँदा कतिसम्म भनेका छन् भने यो त इन डेन्जर स्पेसिज हो। हामी सात जना महिलाको बीचमा यो एक्लै छ। हाम्रो देशमा कति जनाभन्दा सात जना महिला न्यायाधीश छन्।

म भन्छु महिला न्यायाधीश नियुक्ति गर्न जरुरी छ। यो मेरो अभियान मध्येको एउटा हो। त्यसपछि हेरियो, सर्वोच्चमा को आउने?
 
कसैलाई मैले सोधेँ पर्सनल्ली, म त राजनीतिमा लागेको भनिन्। मैले अहिले सोधेको होइन। कल्याण श्रेष्ठको पालोमा होइन। दामोदार पूर्व न्यायाधीशको पालोमा सोधेको।

कसैलाई सोधियो, त्यहाँको पैसाले मलाई खानै पुग्दैन भन्दिए। अब भयो?

त्यसपछि सपनालाई सोधियो, म आउँछु भनिन्। त्यतिखेर भएको कुरा हो यो।

हाम्रो दिमागमा परेको कुरा हो। म आउँछु, म न्याय क्षेत्रको हो। त्यतै पट्टीको यदि सिफारिस हुने हो भने म आइहाल्छु भनिन्।

अब यसपछि ल्याउने कुरा भयो। मैले नै जोड गरेँ। अब एक वर्षपछि म जान्छु। मीरा हुन्छ। ती पनि धेरै दिन बस्दिनन्। त्यसपछि आयो सपना।
सर्वोच्चमा आउन तीन दिन प्राक्टिस गरेको महिलाले, तीन दिन प्राक्टिस गरेको पुरुषले मिल्दैन। २० वर्षसम्म प्राक्टिस गर्नुपर्‍यो, यथेष्ट नलेज हुनुपर्‍यो। अध्ययन गर्नुपर्‍यो।

सपना मल्ल को हुन् भने हावार्ड पढेकी हुन्। सपना मल्लले प्रशस्त अनुभव र नजिरहरु बनाएकी छिन्। एउटा पोलिटिकल ब्याकग्राउण्ड भनेर समानुपातिकमा जाने बित्तिकै लेबल नलगाए हुन्छ।

मेरै कुरा गर्नुहुन्छ भने म नेविसंघको मोरङको प्रेसिडेन्ट थिएँ। के म आज कांग्रेस भएँ त? तपाईँहरुले मलाई यो शंका गर्न मिल्ला र? कुनै बेलामा म नेविसंघको प्रेसिडेन्ट थिएँ। मेरो बाउ भेट्रान कांग्रेस, गिरिजाप्रसाद (कोइराला) का मित्र थिए। यो सबै लेबल मलाई लगाइदिनुहुन्छ त?

त्यसैकारण जो व्यक्ति आउँछ उसले राजनीतिको चप्पल खोलेर अदालतभित्र पस्नुपर्छ। र प्रवेश गरेपछि कामको कुरा गर्ने हो। कुनै पनि न्यायाधीश सर्वोच्च गएर, मै गएर पनि मेरो दाजुभाइ, बाउको मुद्दामा छिर्न सक्दिनँ। अर्को न्यायाधीशले मान्छ र? यस्ता कुरा अदालतमा असम्भव कुरा हुन्।

हामी राजनीतिबाट नाङ्गिएका छैनौँ। हामी कानुन र संविधान अरुका निम्ति जे सुकै होस् हाम्रा निम्ति उच्च शिर हो। त्यसैको ब्याख्या हामीले गर्ने हो।

त्यसैले योग्य मान्छे हामीले त्यही पायौँ। भोलि अरु पाउँला।

सपना मल्ल वरिष्ठ हो। सर्वोच्चमा वरिष्ठ अधिवक्ता चाहिन्छ। त्यसैकारण उसैले सारा पोलिटिक्स छाडेर म ब्याख्या गर्न आउँछु भनेर भनेको छ।

मेरो त अर्को पनि लोभ छ। म हिँडेपछि महिलाको कदर गर्ने मान्छे अर्को को होला? अब त्यहाँ महिलाको सिट आउँछ, तर महिलाको बारे बोलिन्न।
तपाँइहरु सम्झनुहुन्छ मैले सात वर्ष आठ वर्ष आनन्दसँग बिताएँ। मैले त्यहाँ कति अपजससँग बिताएँ। कतिसम्म मलाई बेञ्च तोकिएन। मलाई अपमानित गर्ने काम भए। ती सबै फेहरिस्त बोल्ने हो भने महिलाले व्यवहारमा परेका पीडा खुट्टामुनि दबाएर उठ्नुपर्छ भनेर सहेर बसेँ।

कुनै प्रधानन्यायाधीशले मलाई ज्यादै राम्रो गर्नुभयो। रामप्रसाद श्रेष्ठले भयो। खिलराजजीहरुले भयो। अब मीनबहादुर रायमाझीहरुले अत्यन्त माया गर्नुभयो। जहिले पनि यो सर्वोच्चको भावी प्रधान न्यायाधीश हो भन्नुभयो। कतिपय छन् म नाम लिन्न आँसु पिएर बस्ने मेरा घटना छन्।
आज मैले त्यो भोग्नुपर्‍यो भने त्यो महिला समाजको प्रतिनिधित्व गर्ने को हो? त्यही क्षणमा त्यो घडीमा मात्र महिला ल्याउन सकिन्थ्यो।

त्यतिखेर कल्याण श्रीमानले मलाइ बार-बार भन्नुभयो - तपाईँले मलाई अभियोग लगाउने वातावरण बनाउनुभयो। मलाइ भोलि आक्षेप आउँछन्।
मैले भनेँ म जहाँ भन्नुपर्ने हो। पत्रिकामा भन्नुपर्ने कि संसदमा भन्नुपर्ने कि म भन्छु। तर तपाइँले मीरालाई ल्याउँदै छौँ, सपनालाई ल्याइदिनुपर्छ। महिलाको प्रतिनिधित्व भोलि सम्भव छ।

उनले काम गरेको महिलाको सेक्टरमा हो। जति पनि नजिर बनाउँद उनी योग्य भइन्। ती कानुनी नजिर महिलाको हक अधिकार र कानुन बनाउने कुरामा। ११ औँ संशोधन ल्याउन योग्य भइन्। तर अहिले कसरी उनी अयोग्य भइन्?

त्यसैकारण मैले जोड गरेको एज अ वुमन जज भएर। अरु मैले देखिनँ, छैन।

साधारण प्राक्टिस गरेकालाई ल्याइँदैन, छैन। बारले अर्को प्रब्लम खडा गर्‍यो। एक जना श्रेष्ठलाई हामीले वीरगञ्जबाट ल्याउन खोजेको, बारले रोकिदियो दश वर्ष टाइम छैन भने तिमी आउन सक्दैनौँ भनिदियो। यस्तो कुरा छन्, मान्छे हुनुपर्‍यो।

राजनीति गरेको मान्छे भयो भन्दैमा त्यो मान्छेले पुरै पोलिटिकल पार्टी तिर जान्छ भन्ने प्रश्न आउँदैन। यस कुरामा म सविनय अनुरोध गर्छु यो धारणा हटाउनुस्।

यो मेरो विषय हो। मैले गरेको विषय हो। दोष लगाउनु हुन्छ भने मलाई लगाउनुहोस्। चार्ज अरुलाई नलगाउनुस्, बातै पिच्छे तपाइँले गर्दा, तपाइँले गर्दा, म सुनिराखेको छु।

मान्छे भएन हामीले ल्यायौँ।
 
(असार २६ गते संसदीय सुनुवाई समितिमा राखेको मन्तव्यको सम्पादित अंश)
 
 
 
 
 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell