PahiloPost

May 2, 2024 | २० बैशाख २०८१

​कुन देशमा कति बजे सुरु हुनेछ युरोकप २०१६ को फाइनल ?



​कुन देशमा कति बजे सुरु हुनेछ युरोकप २०१६ को फाइनल ?

युरोपको महादेशीय फुटबल प्रतियोगिता युरोकपको १५ औं संस्करणको फाइनल फ्रान्समा आइतबार हुँदैछ।
 
आयोजक फ्रान्सको र पोर्चुगल बीचको फाइनल खेल फ्रान्सेली समयअनुसार बेलुका ९ बजे सुरु हुनेछ। फाइनल खेल फ्रान्सको राजधानी सहर पेरिसस्थित सेन्ट डेनिसमा रहेको स्टेड डे फ्रान्स स्टेडियममा हुनेछ। 

फ्रान्समा ९ बजे सुरु हुने भएपनि विश्वभर भने फरक फरक समयमा फाइनल खेल सुरु हुनेछ। नेपालमा भने सोमबार बिहान पौने एक बजे खेल सुरु हुनेछ। 

यस्तै अस्ट्रेलियामा सोमबार बिहान ५ बजे सुरु हुनेछ भने जापानमा बिहान ४ बजे सुरु हुनेछ। 

यता अमेरिकाको लस एन्जलसमा भने आइतबार मध्याह्नको १२ बज्दा युरोकप फाइनल सुरु हुनेछ। न्युयोर्कमा दिउँसोको ३ बजे फाइनल खेल सुरु हुनेछ।

 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell